लागुऔषधसहित २ पक्राउ

समाधान संवाददाता २०७७ पुष १ गते १७:४०

समाधान संवाददाता, पोखरा

कास्कीमा लागुऔषधसहित २ पक्राउ परेका छन् । मंगलबार लागुऔषधसहित हिँडिरहेका कुमार श्रेष्ठ (३३) र लक्ष्मी कृष्ण भासिमा (४५) पक्राउ परेका हुन् ।

कास्की प्रहरीकी निमित्त सूचना अधिकारी कृष्ण बस्यालका अनुसार उनीहरुका साथबाट ३३९ एम्पुल लागुऔषध फेला परेको छ ।

Advertisement

उनीहरुलाई कास्की प्रहरीको टोलीले पोखरा ४ रामकृष्ण टोलबाट पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ११३ एम्पुल डाईजापाम, ११३ एम्पुल फेनेरागन, ११३ एम्पुल ब्रुफिनर्फिन गरी ३३९ एम्पुल लागुऔषध फेला परेको हो ।

Advertisement

पक्राउ परेका दुबै जनालाई लागुऔषध सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया