पदकविजेता खेलाडी सम्मानित

समाधान संवाददाता २०७७ पुष १ गते १८:४५

समाधान संवाददाता, पोखरा

वल्र्ड पावर लिफ्टिङ प्रतियोगितामा पदक विजेता ५ नेपाली खेलाडी सम्मानित भएका छन् ।

गत १९ गते भारतको महाराष्ट्रमा भएको प्रतियोगितामा ३ स्वर्ण र १ रजत पदक विजेता खेलाडीलाई बुधबार पोखरामा एक कार्यक्रमकाबिच सम्मानका साथै नगर परिक्रमा गराइएको हो ।

Advertisement

नेपाल पावरलिफ्टिङ फेडेरेशनले हर्षन गुरुङ (स्वर्ण), आशिष घले (स्वर्ण), श्रुति कार्की (स्वर्ण) र राजेश घले (रजतं) लाई सम्मान गरेको हो । २०१९ मा आएरल्याण्डमा भएको प्रतियोगिताका विजेता रुप कार्की पनि सम्मानित भएका छन् ।

फेडेरेशनका अध्यक्ष सुन्दर भुषालले खेलाडीलाई सम्मानपत्रले सम्मान गरे । भुषालले खेलाडीका लागि ५१ हजार रुपैयाँ सहयोग गर्ने बताए । खेलाडीको प्रदर्शनले नेपाली खेलाडीहरु विश्वमा प्रतिस्पर्धा गर्न अब्बल रहेको पुष्टि गरेको बताए ।

Advertisement

अहिले नेपालमा पावरलिफ्टिङलाई राष्ट्रिय खेलमा सुचिकृत गरिनुपर्ने उनको भनाइ थियो ।

सम्मान कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य राजेश गुरुङ प्रमुख अतिथी रहेका थिए ।

सदस्य गुरुङले पावरलिफ्टिङलाई राष्ट्रिय खेलकुदमा समावेश गर्न पहल थाल्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका प्रमुख प्रकाश बराल र राजु थापाले स्वागत मन्तव्य राखेका थिए ।

खेलाडीहरुलाई पोखरा रंगशालामा सम्मान गरेपछि नगर परिक्रमा गराइएको थियो ।

उनीहरुलाई रंगशालाबाट पृथ्वीचोक, नयाँबजार, चिप्लेढुंगा, महेन्द्रपुल, हस्पिटल चोकहुँदै अमरिसंह चोक पु¥याएर रंगशाला फर्काइएको थियो ।

तपाईको प्रतिक्रिया