नेकपाको फोहोर सोहोर्न नजाऔंः केसी

समाधान संवाददाता, पोखरा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले महाधिवेशन सारेर सरकारविरुद्ध संघर्ष थाल्नुपर्ने तर्क गरेका छन् । सरकार अधिनायकवादको बाटोमा गएकाले प्रतिपक्षी कांग्रेसले त्यस विरुद्ध आन्दोलन सशक्त पार्नुपर्ने उनको भनाइ छ ।
बुधबार पोखरामा आयोजित पत्रकार सम्मलेनमा नेता केसीले भने, ‘अहिले सरकार अधिनायकवादतिर लागेको बेला कांग्रेसले बलियो भूमिका निर्वाह गर्नुपर्छ ।’ केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर लोकतन्त्र नै खतरामा पारेको उनको दाबी छ ।
यो अध्यादेशले लोकतन्त्रको खिल्ली उडाएको भन्दै उनले त्यसको विरोध अत्यावश्यक रहेकोमा जोड दिए ।
अध्यादेशले लोकतन्त्रको विधि, विधाननै भत्काएको जिकिर गर्दै उनले यसलाई अप्रजातान्त्रिक र सर्वसत्तावादको पराकाष्ठाको संज्ञा दिए । ‘यसले मानवअधिकार, न्यायालय, अख्तियारमाथि प्रहार भएको छ,’ उनले भने, ‘सरकारका ३ अंगको शक्ति पृथकीकरण तोड्दै व्यक्तिमा निहित पार्ने खतरा छ ।’
यो अवस्थामा कांग्रेसले महाधिवेशन १ वर्ष पछाडि सारेर सरकारविरुद्ध संघर्ष गर्नुपर्ने उनले बताए । ‘अहिले तदर्थ समिति बनाएर वैधानिकता दिने र १ वर्षपछि महाधिवेशन गर्दा हुन्छ,’ उनले भने, ‘अहिले लोकतन्त्रमाथि प्रहार भएको छ, कांग्रेस हेरेर बस्न सक्दैन ।’
केही नेतालाई सत्ताको लोभ देखाएर सरकारले विचलित पार्न खोज्दा कांग्रेस विचलित हुन नहुने उनको भनाइ छ । जनताले ५ वर्षका लागि प्रतिपक्षीमा बस्न जनादेश दिएकाले त्यो आदेशको पालना गरिनुपर्नेमा उनले जोड दिए ।
कांग्रेसका नेताहरु सत्ताको भोकको पछि लागे नेकपाको ‘फोहोर सोहोर्नु’ हुने नेता केसीले उल्लेख गरे । उनले भने, ‘अहिले कांग्रेस सत्तामा जानुभनेको नेकपाको फोहोर सोहोर्नु नै हो । यो कांग्रेसका लागि आत्महत्या बन्न सक्छ, फोहोर सोहोर्न जाँदैनौं ।’
कांग्रेस नेताहरुले आफूबीचको विवाद थाती राखेर लोकतन्त्रको मुद्दामा एकजुट हुनुपर्ने उनको सुझाव छ । प्रधानमन्त्री ओलीले कांग्रेसलाई ८ मन्त्रीको पद प्रस्ताव गरेको चर्चा चलिरहँदा उनले सभापति शेरबहादुर देउवालाई त्यस्ता प्रस्तावमा नफस्न आग्रह गरे ।
‘कांग्रेसको अस्तित्व मेटिन सक्ने त्यस्ता प्रस्तावमा उहाँले समर्थन गर्नुहुँदैन, प्रधानमन्त्री पदनै दिए पनि जानुहुँदैन,’ नेता केसीले भने ।
नेपाली राजनीतिक वृतमा अहिले दोस्रो पुस्तालाई नेतृत्व हस्तानान्तरणको विषय उठेको सन्दर्भमा उनले भने, ‘अहिले पुस्ता हस्तान्तरणको कुरा उठेको छ । त्यसबेला पुस्ता अन्तराल पनि देखिन सक्ने हुँदा पहिला प्रौढ–युवा समोवेशी हुनुपर्छ ।’









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया