लयमा फर्कदै बार्सिलाेना

समाधान संवाददाता २०७७ पुष २ गते ७:२६

एजेन्सी ।

स्पेनिस ला लिगा फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालो रियल सोसिडाडलाई २–१ ले पराजित गरेको हो ।

बार्सिलोनाका लागि जोर्डी अल्बा र फ्रेन्की डी जोङ्गले गोल गरे । यस्तै रियल सोसिडाडका लागि विलियन जोसेले एक गोल गरे । जोसेले २७ औँ मिनेटमा गोल गरि रियल सोसिडाडलाई सुरुवाति अग्रता दिलाएका थिए ।

Advertisement

तर ३१ औँ मिनेटमा अल्बाले बराबरी गोल फर्काए । डी जोङ्गले ४३ औँ मिनेटमा गोल गरेपछि बार्सिलोनाको जित निश्चित भएको हो । जितपछि १२ खेलबाट २० अंक जोडेको बार्सिलोना पाँचौँ स्थानमा पुगेको छ ।

यस्तै बार्सिलोनाको जितले एथ्लेटिको मड्रिडलाई शीर्ष स्थानमा लगेको छ । उसको ११ खेलबाट २६ अंक छ । दोस्रो स्थानमा झरेको रियल सोसिडाडको १४ खेलबाट २६ अंक भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया