सिडेन उपाध्यक्षमा कास्कीका पाण्डेको उम्मेदवारी

पोखरा, २ पुस (समाधान)
नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को पुस ४ गते हुने निर्वाचनमा कास्कीका इन्जिनियर सूर्यबहादुर पाण्डेले उपाध्यक्ष पदमा उम्मेदवारी प्रस्तुत गरेका छन् । उक्त संस्थाको छैटौं कार्यसमितिको निर्वाचन हुन लागेको हो ।
कास्की बेगनासका पाण्डेले इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौर र पोखरा इन्जिनियरिङमा अध्ययन गरी इन्जिनियर उपाधि हाँसिल गरेका हुन् ।
विभिन्न सरकारी, गैरसरकारी र अन्तर्राष्ट्रिय कम्पनीमा समेत लामो अनुभव हाँसिल गरेका पाण्डे १० वर्षदेखि इन्जिनियरहरुको हकहितमा क्रियाशील छन् ।
इन्जिनियरिङ शिक्षा र पेशालाई दक्ष, मर्यादित र समय अनुकूल बनाई इन्जिनियरहरूको हकहितमा आवाज उठाउन आफूले उम्मेदवारी दिएको पाण्डेले बताएका छन् । सिडेनको संस्थागत विकास र आगामी चैत २० गते हुने नेइएमा लोकतन्त्रवादी शक्तिलाई विजय गराउन पनि आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ ।









जंगल फाँडेर सुन्तलाखेती विस्तार
महिलालाई आयआर्जनमा लगाउन पञ्चैबाजा प्रशिक्षण
मुस्ताङ आउने विदेशी पर्यटकको संख्या १८ प्रतिशतले वृद्धि
महिला उम्मेदवारी सुनिश्चित गर्न दलको भूमिकामाथि छलफल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया