सन्ताेष साहले मास्टरसेफ उपाधी जित्न सकेनन्

समाधान संवाददाता २०७७ पुष ३ गते ७:४३

एजेन्सीकाे सहयाेगमा, पाेखरा ।

नेपाली सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ यूकेको उत्कृष्ट तीनमै सीमित भएका छन् । उनले उपाधि जित्न सकेनन् ।

तर उनले फाइनलसम्मको यात्रा तय गरेर नेपाली खानालाई चर्चित टेलिभिजन कार्यक्रममार्फत विश्वसामु पस्किन पाएकोमा खुशी लागेको बताएका छन् ।

Advertisement

उनले हरेक चरणमा नेपाली परिकार पस्किएर निर्णायकको मन जितेका थिए ती खानाका स्वाद मार्फत । तर फाइनलमा आफूले सोचे जस्तो गर्न नसकेको उनले बताएका छन् ।

बेलायतका २५ वर्षीय एलेक्स वेब सो प्रतिस्पर्धाको विजेता घोषित भए । ३५ वर्षीय नेपाली सेफ साह सिराहाको कर्जन्हाका बासिन्दा हुन् ।

Advertisement

बिहीबार राति बीबीसी वान टेलिभिजनमा प्रशारित भएको फाइनलमा सन्तोष र ३३ वर्षका बार्ट भान डेर लीलाई पछि पारेर एलेक्सले उपाधि जितेका हुन् ।

तपाईको प्रतिक्रिया