सन्ताेष साहले मास्टरसेफ उपाधी जित्न सकेनन्
समाधान संवाददाता
२०७७ पुष ३ गते ७:४३

एजेन्सीकाे सहयाेगमा, पाेखरा ।
नेपाली सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ यूकेको उत्कृष्ट तीनमै सीमित भएका छन् । उनले उपाधि जित्न सकेनन् ।
तर उनले फाइनलसम्मको यात्रा तय गरेर नेपाली खानालाई चर्चित टेलिभिजन कार्यक्रममार्फत विश्वसामु पस्किन पाएकोमा खुशी लागेको बताएका छन् ।
उनले हरेक चरणमा नेपाली परिकार पस्किएर निर्णायकको मन जितेका थिए ती खानाका स्वाद मार्फत । तर फाइनलमा आफूले सोचे जस्तो गर्न नसकेको उनले बताएका छन् ।
बेलायतका २५ वर्षीय एलेक्स वेब सो प्रतिस्पर्धाको विजेता घोषित भए । ३५ वर्षीय नेपाली सेफ साह सिराहाको कर्जन्हाका बासिन्दा हुन् ।
बिहीबार राति बीबीसी वान टेलिभिजनमा प्रशारित भएको फाइनलमा सन्तोष र ३३ वर्षका बार्ट भान डेर लीलाई पछि पारेर एलेक्सले उपाधि जितेका हुन् ।
सम्बन्धित








कास्की क्षेत्र नम्बर २ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता
देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया