अमेरिकामा काेराेनाकाे दाेश्राे खाेप बजारमा

एजेन्सी
काेराेनाबाट सबै भन्दा बढी प्रभावित देश अमेरिकामा याे भाइरस विरुद्ध दाेश्राे खाेपले पनि स्विकृती पाएकाे छ । यसअघि फाइजरले उत्पादन गरेकाे खाेप लगाउनु सुरु गरिएकाे थियाे ।
शुक्रबार साँझ अमेरिकाले कोरोना भाइरसविरुद्धको दोस्रो खोपलाइ आपतकालीन रुपमा सर्वसाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरेको हाे ।
नियामक निकाय फूड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले मोदेर्नाले विकास गरेको खोपलाई स्वीकृति प्रदान गरेको हो । स्थानीय समय अनुसार शुक्रबार बेलुका एफडिएले मोदेर्नाको खोपलाई स्वीकृति दिइएको घोषणा गरेको हो ।
एफडिएको सल्लाहकार बोर्डका विज्ञहरुले सर्वसम्मत रुपमा मोदेर्नाको खोप सुरक्षित तथा प्रभावकारी रहेको भन्दै स्वीकृति प्रदान गर्न सुझाव दिएका थिए । त्यसपछि प्रक्रिया पूरा गरेर एफडिएले स्वीकृति दिने निर्णय गरेको जनाएको छ ।
यसअघि एफडिएले फाइजर–बायोएनटेकले विकास गरेको खोपलाई गएको हप्ता स्वीकृति प्रदान गरेको थियो । त्यसपछि अमेरिकाभर सो खोप जोखिममा रहेको समूहलाई पहिलो प्राथमिकतामा राखेर दिन थालिएको छ ।
कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा अहिलेसम्म एक करोड ७४ लाख १० हजार भन्दा धेरै व्यक्ति संक्रमित भइसकेका छन् । यस्तै कोभिड–१९ बाट तीन लाख १३ हजार अमेरिकीको ज्यान गइसकेको छ ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया