लागुऔषधसहित तनहुँमा युवक पक्राउ

समाधान संवाददाता २०७७ पुष ४ गते १७:१४

समाधान संवाददाता, पोखरा

लागुऔषधसहित तनहुँमा १ युवक पक्राउ परेका छन् । भानु नगरपालिका ६ मूलपानी बस्ने २२ वर्षे उमेश खड्का पक्राउ परेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

चेकजाँच गर्ने क्रममा ३ थरी गरेर ६० एम्पुल लागुऔषधसहित उनी बन्दीपुर गाउँपालिका १ डुम्रे बसपार्कबाट पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार खड्काको साथबाट डाइजापाम, नुरफिन र फेनारगन २०/२० एम्पुल बरामद भएको प्रदेश प्रहरीका डिएसपी राजकुमार थिङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया