पिएनमा प्रचण्ड–माधव समर्थित विद्यार्थीको भेला

‘नेतृत्व हटाउन सक्ने हस्ताक्षर खल्तीमा छ’
अमृत सुवेदी, पोखरा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अन्तरकलह उत्कर्षमा पुगेसँगै त्यसको असर प्रदेश, जिल्ला र तल्लो तहका नेता, कार्यकर्तादेखि विद्यार्थीसम्म परेको छ ।
पोखरामा पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेता माधवकुमार नेपाल पक्षधर छुट्टाछुट्टै भेला भइरहेका छन् ।
पार्टीदेखि विद्यार्थीसम्मको भेलामा एकले अर्को पक्षलाई पार्टी फुटाउन लागेको आरोपमात्र लगाइरहेका छैनन्, मैदानमै उत्रिएर गाली गरिरहेका छन् ।
गण्डकी प्रदेशस्तरीय पूर्व माओवादी पक्षधर, कास्कीमा प्रचण्ड–माधव पक्षधर, ओली पक्षको प्रदेशस्तरीय विद्यार्थी भेला हुँदै पोखरामा शनिबार पृथ्वीनारायण क्याम्पसमा प्रचण्ड–माधव पक्षधर विद्यार्थीहरुको भेला भएको छ ।
कास्की जिल्लाका प्रचण्ड–नेपाल समर्थित भेलामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनका सहसंयोजक रञ्जित तामाङ मुख्य वक्ता थिए ।
भेलामा प्रदेश, जिल्लास्तरका र विभिन्न क्याम्पसका विद्यार्थीनेतासमेत सहभागी थिए ।
शुक्रबार म्याग्दीमा कार्यक्रम गर्दा ओली पक्षबाट अवरोध भएको प्रचार भएको थियो । त्यसको भोलिपल्ट पोखरामा भएको भेलालाई सम्बोधन गर्दै सहसंयोजक तामाङले संगठनलाई नै बद्नाम गर्ने काम भएको बताए ।
उनले विद्यार्थी संगठनलाई बद्नाम गर्ने ओली समर्थित नेतृत्व र नेकपामा ओलीलाई समेत हटाउन सक्ने सांसदको हस्ताक्षर तयार रहेको चेतावनी दिएका छन् ।
‘अनेरास्ववियुलाई बदनामी गर्ने र संगठनलाई फुटाउनका निम्ति नेतृत्वले देशैभरि वातावरण तयार गर्ने हो भने बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर खल्तीमा बोकेर हिँडेका छौं,’ तामाङको चेतावनी थियो, ‘जुनसुकै बेला डण्डा चलाउन, एक्सन लिन तयार छौं । तर अनेरास्ववियुलाई सत्ताको मण्डले विद्यार्थी संगठन बनाउन दिँदैनौं ।’
केही दिनअघि अनेरास्ववियुका संयोजक ऐन महरको उपस्थितिमा पोखराको लिचिबोट पार्टी प्यालेसमा ओली निकट विद्यार्थीहरुको प्रदेशस्तरीय भेला भएको थियो ।
संयोजक महरले अनेरास्ववियुलाई ओली नेतृत्वको सत्ताको मण्डले संगठन बनाउन लागेको भन्दै तामाङले गुटकै भेला गर्ने हो पोखरामा हजारौं विद्यार्थी उतारेर भेला गर्न सक्ने चेतावनी दिएका छन् ।
संगठनको नेतृत्व जुनसुकै बेला हटाउन सक्ने बहमत सदस्यको हस्ताक्षर आफूले खल्तीमा लिएर हिँडेको तामाङले दोहो¥याए ।
म्याग्दीमा आफू लखेटिएको भनेर प्रचार गरिएको भन्दै तामाङले ब्यग्य गरे, ‘इलाका तेरा, धमका मेरा भनेर कार्यक्रम सकेर फर्किँदै थियौं । म अगाडि गाडीमा कार्यक्रमबाट आउँदै थिएँ, पछिबाट कोही मोटरसाइकलबाट रहेछ र त्यहीबाट स्टाटस लेखेछ, मैले रञ्जित तामाङलाई लखेटिरहेको छु ।’
उनले अनेरास्ववियुमा नेतृत्व र ओली पक्ष एकताको विपक्षमा रहेको बताए । ‘एकताको पक्षमा उभिनुस् । एकता चाहने भए अध्यादेश ल्याउँदा पार्टीको सहकार्य, सहमति टुट्छ, अन्तसंघर्ष झनै पेचिलो बन्छ भनेर किन नबोलेको ?’ उनले प्रश्न गरे ।
पार्टी, सरकार र विद्यार्थी संगठनमा यतिबेला ओली पक्षको मन अत्तालिइरहेको तामाङको भनाइ थियो । उनले परिस्थितिको सामाना गर्न र ओली प्रवृत्तिबाट संगठनलाई बचाउन विद्यार्थीहरुलाई तम्तयार अवस्थामा रहन आग्रह गरे ।
विद्यार्थी नेता सन्तोष न्यौपानेले अहिले विद्यार्थीले एउटा खल्तीमा अबिर र अर्को खल्तीमा कालोमोसो लिएर हिँडेको बताए । ‘जसले एकतालाई जोड्छ, अबिर लगाउँछौं । जसले टुक्राउन खोज्छ उसका लागि कालोमोसो दल्छौं,’ ओली पक्षलाई लक्ष्य गर्दै न्यौपानेले भने, ‘संगठन र एकतालाई जोड्ने कि भाँड्ने आफैं बिचार गर्नुहोस् ।’ अनेरास्ववियु कास्की जिल्ला सह–संयोजक वसन्त भट्टचनले एकता विरोधी तत्वसँग आफूहरु एकढिक्का भई प्रतिरोधमा उत्रने बताए ।
ओलीलाई सञ्चो छैन, दुबै पदबाट राजीनामा दिनुपर्छ
भेलामा विद्यार्थी नेता रञ्जित तामाङ प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीप्रति आक्रोसित बने ।
सरकार र पार्टीको समेत नेतृत्व गरिरहेका ओलीलाई सञ्चो नभएको तामाङले बताए ।
‘ओलीले प्रयोग गरेका शब्द सुन्दा लाग्छ उहाँलाई सञ्चो छैन । स्वाद परुन्जेल सहकार्य, सहमति भन्ने शब्द शब्दकोशमै हुँदैन । जब उनलाई समस्या पर्छ तब विद्वानहरु राखेर अर्थ खोज्नुहुन्छ,’ तामाङले भने, ‘सचिवालय भनेको भेडाहरुको गोठ भन्ने, कहिले कुन समितिले केके भन्ने ।
आफ्नै कमिटीलाई यस्तो भन्ने भन्ने केपी ओलीले बोलेका र चयन गरेका शब्द सुन्दा पनि लाग्छ, उहाँलाई केही न केही सञ्चो छैन ।’
प्रचण्ड–माधव पक्षले पार्टी नफुटाउन कामना र प्रयास गरिरहेको तामाङले बताए ।
ओली पक्षले पनि पार्टी फुट्न नदिने बताए पनि अब गफले नपत्याउने उनको भनाइ छ ।
‘अब गफले मान्नेवाला छैनौं । विकास समृद्धि देखिसक्यौं । पूर्व–पश्चिममा रेलमा हामी कुदेका छौं । म बिहान काठमाडौंमा चिया खाएर अहिले रेलमा आएर कार्यक्रममा सहभागी भइरहेको छु,’ तामाङले भने, ‘ओलीले कहिले बामदेवको कार्ड फाल्छन्, कहिले केको नाटक गर्छन् अब केही गरे पनि चल्नेवाला छैन ।’
अब जस्तोसुकै अध्यादेश ल्याए ओलीको केही नलाग्ने उनको भनाइ थियो । केपी ओलीले अध्यादेश ल्याए ८३ जनाको हस्ताक्षर शीतल निवास पुग्ने र ओलीको बिपक्षमा १ सय १० सांसद रहेको तामाङको दाबी थियो ।
ओलीले सरकार र पार्टी दुबै पदबाट राजीनामा दिनुपर्ने बताए । बहुमतलाई सम्मान गरेर बिदा हुन ओलीले आग्रह गरे ।
गत २७ मंसिरमा कास्कीमा गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सदस्य खगराज अधिकारी लगायतको उपस्थितिमा ओली पक्षको गुट भेला भएको थियो ।
त्योभन्दा अघि कास्कीमा नेकपा ईन्चार्ज राजकाजी गुरुङ ‘करण’को नेतृत्वमा पूर्व माओवादी तथा माधव पक्षको छुट्टै भेला गरेका थिए । त्यसअघि नेकपा प्रदेश अध्यक्ष हितराज पाण्डेले पूर्व माओवादीको प्रदेशस्तरीय भेला गरेका थिए ।
मंसिर ८ मा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेको प्रमुख अतिथ्यतामा पोखरामा नेपाल पक्षको भेला भएको थियो ।








भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
लेखनाथका समाजसेवी उद्यमी चन्द्रकृष्ण कर्माचार्य पोखरा रत्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया