पोखरामा विद्यार्थीद्वारा आन्दोलन गर्दै ओलीको पुत्ला दहन

पोखरा, ५ पुस
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव गरेपछि पोखरामा विद्यार्थीहरुले आन्दोलन थालेका छन् । विद्यार्थीले प्रधानमन्त्री ओलीको पुत्ला दहनसमेत गरेका छन् ।
पोखराको पृथ्वीनारायण क्याम्पसको गेटबाहिर नेपाल कम्युनिस्ट पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का नेता माधव कुमार नेपाल पक्षधर अनेरास्ववियुका विद्यार्थी, जनता समाजवादी पार्टीका विद्यार्थी संगठनले नाराबाजी गरेका छन् ।
प्रधानमन्त्री ओलीको प्रस्तावले लोकतन्त्रको हरण र संविधानको धज्जी उडाएको भन्दै नारावाजीसहित आन्दोलनमा उत्रिएका विद्यार्थीले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् ।
उनीहरुले केपी ओलीकाविरुद्ध नारा लगाउँदै संविधानमाथि ‘कू’ भएकाले चरणवद्ध आन्दोलन सुरु भएको बताएका छन् ।
जनताले लडेर ल्याएको लोकतन्त्र र संविधान प्रधानमन्त्री ओलीले प्रहार गरेको विद्यार्थीहरुले बताएका छन् । संसद विघटनको प्रस्ताव तत्काल फिर्ता नलिए देशभर आन्दोलनको राँको बल्ने विद्याथीले चेतावनी दिएका छन् ।
समाजवादी विद्यार्थी संगठनका नेता रेशम सापकोटाले हिजो जसरी ज्ञानेन्द्र ‘कू’ बिरुद्ध संयुक्त विद्यार्थी आन्दोलन सुरु भए झैं प्रधानमन्त्री विरुद्ध संयुक्त विद्यार्थी आन्दोलन सुरु भएको बताए ।
पृथ्वीनारायण क्याम्पस अनेरास्ववियुका कार्यवाहक अध्यक्ष सन्तोष न्यौपानेले सबै राजनीतिक दलका विरुद्ध लोकतन्त्रको रक्षका निम्ति आन्दोलन सुरु भएको बताए ।
प्रचण्ड–नेपाल समर्थित विद्यार्थीहरुले १ बजे पोखराको महेन्द्रपुलमा आन्दोलनको तयारी गरेका छन् । विद्यार्थीहरुको संयुक्त मोर्चा बनाएर आन्दोलन अगाडि बढ्ने अनेरास्ववियुका केन्द्रीय सदस्य क्षितिज सापकोटाले बताएका छन् ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया