७ मन्त्रीले दिए राजीनामा

काठमाडौँ
सरकारमा रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका मन्त्रीहरूले राजीनामा दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसद् विघटन गरेपछि दाहाल(नेपाल समूह्यका सात मन्त्रीले राजीनामा हुन् ।
नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि ७ मन्त्रीले सामूहिक राजिनामा दिएका हुन् ।
राजीनामा दिने मन्त्रीहरूमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, उर्जा जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन, कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसाल, संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई, वन तथा वातावरणमन्त्री शक्तिबहादुर वस्नेत, श्रम तथा रोजगारमन्त्री रामेश्वर राययादव र खानेपानी तथा सरसफाई मन्त्री विना मगर छन् ।
‘गैरसंवैधानिक, अलोकतान्त्रिक, जनादेशविपरीत तथा राजनीतिक मूल्य र स्थिरताको प्रतिकूल हुने गरी चालिएको कदमप्रति गम्भीर असहमति जनाउँदै हामीले मन्त्री पदबाट राजीनामा गरेका छौं,’ उनीहरूद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया