संसद विघटनलाई समर्थन गर्न सक्दैनौंः कांग्रेस नेता थकाली

समाधान संवाददाता २०७७ पुष ५ गते १८:०६

एसके थकाली, जोमसोम

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संंसद विघटन घोषणालाई कांग्रेसले समर्थन गर्न नसक्ने नेपाली कांग्रेसका नेता तथा पूर्व वाणिज्यमन्त्री रोमी गौचन थकालीले बताएका छन् ।

ओलीको सर्वसत्तावाद स्वरुप आएको संसद बिघटन गर्ने कदम देश र जनताको पक्षमा नरहेको नेता थकालीको दाबी छ ।

Advertisement

संविधान सभाका सदस्यसदस्य समेत थकालीले आइतबार सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई संघीय प्रतिनिधि सभा विघटन गर्ने अधिकार नभएको नेता थकालीको भनाइ छ ।

नेता थकाली भन्छन् ‘अहिलेको अवस्थामा निर्वाचन जाँदा नेपाली कांग्रेसलाई फाइदा पुग्छ । किनकी यो नेकपाको दुई तिहाइको सरकारको कार्यसम्पादन, बेथीति र सत्तारुढ दलको आन्तरिक द्धन्दका कारण नेपाली जनता निराश भइसकेका छन् । तर, कांग्रेस संसद विघटनको पक्षमा छैन ।’

Advertisement

नेता थकालीले प्रधानमन्त्रीले संघीय विघटन गर्नुअघि राजीनामा दिएर वा संसदमा बुहमत सिद्ध नभएको अवस्थामा अर्को प्रधानमन्त्री चयन गर्दा संविधानमा व्यवस्था भए अनुसारका प्रक्रिया अपनाउनुपर्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया