वेद विद्याश्रमलाई पोखरा सेन्ट्रल सिटीको सहयोग

समाधान संवाददाता, पोखरा
पोखरा चिसाखोला वेद विद्याश्रम पोखरा १८ चिसाखोला आश्रममा लायन्स क्लब अफ पोखरा सेन्ट्रल सिटीले सहयोग गरेको छ ।
क्लबका अध्यक्ष राजेश शिल्पकारको सौजन्यमा विद्याश्रम प्रवेश गर्ने प्रवेशद्वार र सिंढी बाटाको रेलिङ् बनाउन सहयोग गरिएको हो ।
कार्यक्रममा कोचिफ एड्भाइजर सुचित्रा थापाले वैदिक धर्म, संस्कृतिमा वेद विद्याश्रमले खोलेको भूमिकाको प्रशंसा गरिन् ।
रिजन चियर पर्सन वासुदेव कोइरालाले सामाजिक उत्तरदायित्वसहित बालबालिकाको विकासमा लागेको भन्दै विद्याश्रमको प्रशंसा गरे ।
जोन चियर पर्सन चेतन कार्कीले क्लबका अध्यक्ष शिल्पकारले गरेको सहयोगको प्रशंसा गरे ।
शिल्पकारले ऐतिहासिक तपोभूमि विद्याश्रमलाई आगामी दिनमा शैक्षिक, भौतिक विकासमा सहयोग जुटाउन हरतरहबाट लागिपर्ने प्रतिवद्धता गरे ।
वेद विद्याश्रमका प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सिनाले आश्रम गतिविधिमाथि प्रकाश पारेका थिए ।
क्लबका सचिव अर्जुन पौडेलले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रम संयोजक प्रदीप सुवेदीले गरेका थिए ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया