स्याङ्जाद्वारा नवलपुर पराजित

समाधान संवाददाता, पोखरा
विष्णु पाण्डेको अलराउण्ड प्रदर्शनमा स्याङ्जाले सोमबार नवलपुरमाथि २ विकेटको जित दर्ता गरेको छ ।
पोखरामा जारी गण्डकी प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा टस जितेर ब्याटिङ रोजेको नवलपुरले जितका लागि २ सय १४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो ।
२ सय १४ रनको लक्ष्य पछ्याएको स्याङ्जाले खेलको २ बल बाँकी हुँदा लक्ष्य भेट्टायो । स्याङ्जाका लागि विष्णु पाण्डेले सर्वाधिक १ सय ९ बलमा ७५ रन जोडे ।
करुण पंगेनीको ४१, ईश्वर क्षेत्रीको २८ तथा अशोक श्रेष्ठको २७ रनको योगदानमा स्याङ्जाले ४९.४ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो ।
नवलपुरका कैलाश पंगेनीले ३ तथा विज्ञान गौतमले २ विकेट लिएपनि टोलीको हार भने जोगाउन सकेनन् ।
यसअघि टस जितेर व्याटिङ गरेको नवलपुरले ४७.१ ओभरमा पूरै विकेट गुमाउँदै २ सय १३ रन बनाएको थियो ।
नवलपुरका लागि दिपक डुम्र्रेले ५२ तथा सन्देश बस्नेतले ५० रनको अर्धशतकिय इनिङ्स खेले ।
नवलपुरलाई मध्यम स्कोरमै रोक्न स्याङ्जाका मिलन लुइटेलले ५ विकेट लिँदा विष्णु पाण्डेले २ विकेट हात पारे ।
खेलमा स्याङ्जाका विष्णु पाण्डे म्यान अफ द म्याच भए । मंगलबार घरेलु टोली कास्कीले तनहुँसँग प्रतिस्पर्धा गर्नेछ ।







महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
स्याङ्जामा अवैध बालुवा–गिट्टी ओसार्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया