विद्यार्थीलाई झोला र स्टेसनरी

समाधान संवाददाता २०७७ पुष ६ गते १९:४४

समाधान संवाददाता, पोखरा

श्रीकृष्ण माध्यमिक विद्यालय पोखरा ७ मासबारको ४९ औं वार्षिकोत्सवको अवसरमा लायन्स क्लब अफ युनिक चौतारीले विद्यार्थीलाई स्टेसनरी र झोला वितरण गरेको छ ।

क्लबले कक्षा १देखि १० सम्मका २० विद्यार्थीलाई सामग्री वितरण गरेको अध्यक्ष प्रजापति बरालले बताए ।

Advertisement

कार्यक्रममा समीक्षा फर्निसङका प्रोपाइटर सविन बरालले कक्षा १० काछात्र पवन अधिकारीलाई ५ हजार छात्रवृत्ति प्रदान गरे ।

पोखरा महानगरपालिका वडा नम्बर ७का वडा सदस्य तथा लायन्स इन्टरनेसनल ३२५ बी १का जिएलटी कोअर्डिनेटर किशोर बराल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष पुरुषोत्तम रेग्मी, प्रधानाध्यापक टीकाराम लामिछाने, लायन्स क्लबका वशन्त गिरी लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया