दलीतमुक्ति अभियानको प्रदेशस्तरीय भेला

समाधान संवाददाता, पोखरा
नेपाल दलीतमुक्ति अभियानको गण्डकी प्रदेशस्तरीय भेला सम्पन्न भएको छ ।
बनाऔं आफ्नो पहिचान, छुवाछुत मुक्त समाज निर्माण हाम्रो अभियान भन्ने नारासहित सातै प्रदेशमा भेला गर्ने अभियानअन्तर्गत शनिबार पोखरामा प्रदेशस्तरीय भेला गरिएको हो ।
भेलाले ११ वटै जिल्लाको प्रतिनिधत्व हुने गरी रबीनकुमार विश्वकर्मा अध्यक्षतामा ५१ सदस्यीय प्रदेश कार्यसमिति चयन गरेको छ ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका राजनीतिक सल्लाहकार गोविन्दबहादुर नेपाली, प्रदेशसभा सदस्य दोबाटे विश्वकर्मा, नेपाल दलीत मुक्ति अभियानका केन्द्रीय महासचिव कर्णबहादुर विश्वकर्मा, अभियानका वरिष्ठ उपाध्यक्ष टेकबहादुर विश्वकर्मा, केन्द्रीय सदस्य कमला परियार, कास्की मोडनाइज्ड एकेडेमीका प्रिन्सिपल रामबहादुर मोची, लमजुङको राइनास नगरपालिकाका शिक्षा अधिकृत पूर्न नेपाली, दोहोरी गायक राजु परियार र जय परियार लगायतले शुभकामना दिए ।
भेलाले माछापुच्छ्रे गाउँपालिकाका मोहनप्रसाद अधिकारीको परिवारलाई सम्मान गरेको छ ।
ब्राह्मण समुदायको भए पनि दलीत समुदायसँगै खाना पकाउने/खुवाउने गरेको र विभेदविरुद्ध लागिपरेको भन्दै सो परिवारलाई सम्मान गरेको हो ।
अभियानका केन्द्रीय अध्यक्ष सुनील लोहनीको प्रमुख अतिथि रहेको कार्यक्रम अभियानका प्रदेश संयोजक रामबहादुर गलकोटीको सभापत्तिवमा कार्यक्रम भएको हो ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया