बाटोले गाउँ फर्कायो

समाधान संवाददाता २०७७ पुष ७ गते १०:३३

राकेश शर्मा, म्याग्दी

म्याग्दीको धवलागिरि गाउँपालिका ५ मल्कवाङमामोटरबाटो पुगेपछिदुर्गम गाउँभनेर सहर पसेकागाउँफर्कन थालेका छन् ।

आफ्नै आँगनमा गाडी देखेपछि ८० वर्षीय पालप्रसाद छन्त्याल अचेल फुरुङ छन् ।

Advertisement

उनको पालामाभोक,प्यासै खपेर पैदलै चामल र नूनलिन जानुपथ्र्याे । बुढेसकालमै सही, गाउँमाविकास देख्ने अवसर पाएकोमा उनी दङ छन् ।‘गाउँमाकोही बिरामी भयो भने डोकामा बोकेर बजारसम्म लैजानु पथ्र्यो, दलमान छन्त्याल सम्झन्छन्, ‘अहिले त गाउँमा नै सडक आएको छ ।’

छन्त्याल जातिको बाहुल्य रहेको मल्कबाङमा सडक पुगेपछि गाउँ छोडेर बजार गएकाहरु घर फर्कन थालेका छन् ।

Advertisement

करिब तीन सय घरपरिवार रहेको मल्कबाङमाअहिले सय घरमा मात्र मान्छे बस्छन् । सडक पुगेपछि गाउँले घर फर्कन थालेको अमृत छन्त्यालले बताए ।

पूर्वाधार विकास कार्यालय, म्याग्दीले छिमेकी वडा मराङको बेंसीदेखि आरवाङ हाङबाङ हुँदै मल्कवाङ जोड्ने सडक विस्तार गरेको हो ।

गाउँले अहिले दैनिकजसो मोटरसाइकल, जिप र ट्याक्टरमायात्रा गर्न थालेको वडाध्यक्ष खड्ककुमारी छन्त्यालले बताइन् । उनले थपिन्, ‘अबविकासकाअन्यकामगर्न सजिलो हुन्छ ।’

गाउँबाट सदरमुकाम बेनीसम्मको दूरी पनि छोटिएको छ । वडाभित्रका मुख्य बस्तीमा १ वर्षभित्र सहायक बाटो विस्तार गर्न ३५ लाख बजेट विनियोजन भएको छ । उनी भन्छिन्, ‘गाउँको उत्पादनबजारसम्म पुग्छ, सडकले आम्दानीको स्रोत पनि बढ्नेछ ।’

विनियोजित बजेटबाट ७० प्रतिशत स्तरोन्नति र ३० प्रतिशत नयाँ ट्रयाक खोल्न खोलिएको कार्यालयले जनाएको छ।

करिब ५ किलोमिटर सडक निर्माणपछि मल्कवाङबासीलाई सदरमुकाम बेनीबजार आवतजावतमाथप सहज हुनेछ।

कुइनेखानी हुँदै बेनी, ठाडाखानी सडक सञ्जालमा मल्कवाङ जोडिनेछ ।

यसका लागि बेनी, अर्थुङे, पात्लेखेत हुँदै झिँ र पाखापानीमा १ करोड रुपैयाँ बराबरको कामहुनेछ।

त्यस्तै, मराङ खोलामा पक्की पुलसहित अन्य संरचनामा समेत बजेट विनियोजन गरिएको पूर्वाधार कार्यालय म्याग्दीका प्रमुख नवराज पौडेलले बताए।

तपाईको प्रतिक्रिया