११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा

समाधान संवाददाता २०७७ पुष ७ गते १२:०२

काठमाडौं

बालुवाटारमा बसेको प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली समूहको बैठकले महाधिवेशन आयोजक समिति घोषणा गरेको छ ।

मंगलबार बालुवाटारमा बसेको बैठकले ५५६ नयाँ सदस्य थप गरेर महाधिवेशन आयोजक समिति घोषणा गरेको हो ।

ओलीले साबिकको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय घोषणा गरेका हुन् । जसमा १९७ जनापछि थप गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया