काे काे थपिए ओलीले घाेषणा गरेकाे ११९९ सदस्यीय महाधिवेशन आयोजक समितिमा

समाधान संवाददाता २०७७ पुष ७ गते १२:१९

समाधान संवाददाता, काठमाडौं ।

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का  अध्यक्ष केपी शर्मा ओलीले १ हजार १९९ सदस्य रहने गरी महाधिवेशन आयोजक समितिको घोषणा गरेका छन्।

साबिकको ४ सय ४६ सदस्यीय केन्द्रीय कमिटीमा ५ सय ५६ जना नयाँ सदस्य थपेर १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषण गरेका हुन्।

Advertisement

उनले महाधिवेशनसम्मममा  १९७ जना पछि थप गर्ने उनले बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकलाई जानकारी गराएका छन्।

तर काे काे थपिए भन्ने नामावली भने अहिलेसम्म सार्बजनिक भएकाे छैन् । प्रधानमन्त्रीले यसबारेमा पनि जानकारी गराएका छैनन् ।

Advertisement

श्राेतका अनुसार थपिने मानिसहरुकाे नामावली संकलन गर्न सचिवालयका सदस्यहरु खटिएका छन् ।

तपाईको प्रतिक्रिया