गण्डकीमा कांग्रेसले अविश्वासको प्रस्ताव नलैजाने

समाधान संवाददाता २०७७ पुष ७ गते १६:०९

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेश सभामा कांग्रेसले अविश्वासको प्रस्ताव लैजानेबारे निर्णय नगरिएको जनाएको छ ।

कांग्रेस संसदीय दल गण्डकीको भर्चुअल मिटिङका निर्णय बारे विज्ञप्ति निकाल्दै अविश्वासको प्रस्ताव बारे कुनै निर्णय नभएको जनाइएको छ ।

Advertisement

‘सरकारमा सहभागिता जनाउने, अविश्वासको प्रस्ताव पेश गर्ने लगायतका कुनै राजनीतिक निर्णय नगरेको जानकारी गराउँछौं,’ कांग्रेसले निकालेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

संघमा सरकारले संसद विघटन गरेपछि प्रदेशमा समेत प्रचण्ड–माधव नेपाल पक्षसँग मिलेर कांग्रेसले अविश्वास प्रस्ताव ल्याउन सक्ने आँकलन गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया