माधव नेपाल नेकपा अध्यक्ष, प्रभु शाहको असहमति

समाधान संवाददाता २०७७ पुष ७ गते १७:३६

समाधान संवाददाता, काठमाडौं

सत्तारुढ नेकपाको एउटा खेमाले माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको छ ।

बबरमहलमा म‌ंगलबार बसेको दाहाल(नेपाल खेमाको केन्द्रीय समिति बैठकले नेपाललाई अध्यक्ष चयन गरेको हो ।

Advertisement

यो बैठकमा बहुमत केन्द्रीय सदस्य उपस्थित रहेको दाहाल(नेपाल समूहले दाबी गरेको छ ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेपाललाई अध्यक्ष चयन गरिएको केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए ।

Advertisement

यही बैठकले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने निर्णय पनि गरेको छ ।

यता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहको निर्णयमा केन्द्रीय कमिटी सदस्य प्रभु साहले विरोध जनाएका छन् ।

मंगलबार थापाथलीस्थित कार्की पार्टी प्यालेसको बैठकले निर्णय गरेपछि साहले विरोध जनाएका थिए ।

तर प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रस्ताव पारित भइसकेको भन्दै उक्त विषयमा छलफल नहुने बताए ।

तपाईको प्रतिक्रिया