यी हुन् गण्डकीबाट ओली पक्षमा थपिएका १०९ केन्द्रीय सदस्य, कास्कीका मात्रै २६ जना

समाधान संवाददाता २०७७ पुष ८ गते ७:४५

समाधान संवाददाता, पोखरा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रष्ट रुपमा विभाजन भएको छ । नेकपाका नाममा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले मंगलबार छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक राखे । बैठकले नेकपा टुक्रिएको प्रष्ट चित्र कोरेको छ ।

निर्वाचन आयोगमा अहिलेसम्म एउटै पार्टी रहे पनि दुबै पक्षले आफूहरु नै वैध दाबी गरेका छन् । आधारिक पार्टी कुन हो भन्ने छिनोफानो अब न्यायलयसम्म पुग्ने निश्चित छ । ओली र प्रचण्ड समूहको केन्द्रीय कमिटीको बैठकले मंगलबार तल्लो तहसम्मै प्रभावित र कित्ताकाट गरेको छ ।

Advertisement

प्रधानमन्त्री ओलीले १ हजार १ सय ९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी नै घोषणा गरे । प्रथम अध्यक्षका हैसियतले ओलीले केन्द्रीय कमिटीमा ५ सय ५६ जना थप गरेर कमिटी घोषणा गरेका छन् ।

ओली समूहले नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रचण्ड पक्षमा भएपछि ओली पक्षले प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको छ । प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गरेर नयाँ अध्यक्षमा माधवकुमार नेपाललाई चयन गरेको छ । वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेपाललाई अध्यक्ष चयन गरेको हो ।

Advertisement

ओलीले अनुशासनको गम्भीर उल्लंघन गरेकाले पार्टीको अन्तरिम विधान अनुसार अनुशासनको कारबाही गरी पार्टी अध्यक्षको जिम्मेवारीबाट मुक्त गर्ने प्रचण्ड–नेपाल समूहले निर्णय गरेको छ ।

प्रचण्ड–नेपाल समूहले नेकपा केन्द्रीय कमिटीका दुई तिहाई सदस्यले आफूहरुको पक्षमा हस्ताक्षर गरेको दाबी गरेको छ । ४ सय ४७ जना केन्द्रीय समिटी सदस्यमध्ये ३ सय १० केन्द्रीय सदस्यले बैठक स्थलमा राखिएको पुस्तिकामा हस्ताक्षर गरेको प्रचण्ड पक्षको दाबी छ ।

प्रचण्ड पक्षको बैठकले संसद विघटनको घोषणालाई असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी, निरंकुश र स्वेच्छाचारी भन्दै भत्र्सना र अस्वीकार गर्ने निर्णय पनि गरेको छ ।

ओली समूहको केन्द्रीय समिति बैठकबाट प्रवक्ता बनेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘पार्टीको अध्यक्ष, महासचिव र माइन्युटबिना पनि बैठक बस्छ र ? त्यो बैठकको निर्णयको कुनै वैधानिकता हुँदैन ।’ प्रवक्ता ज्ञवालीले अध्यक्षबाट ओलीलाई कारबाही गर्नु हाँस्यास्पद भएकोसमेत बताएका छन् ।

प्रधानमन्त्री ओली समूहको बुधबार प्रदेश भेलासमेट हुँदैछ । प्रचण्ड समूहले अर्को बैठक बिहीबार ११ बजे बोलाएको छ । जिल्ला तहका थुप्रै जिल्ला तहका नेता ओली समूहको केन्द्रीय सदस्य बनेका छन् भने केही अर्को गुटका भनिएका नेता पनि ओली पक्षमा देखिएका छन् ।

कतिपय प्रचण्ड समूहका नेता पनि ओली समूहमा देखिए भने केही प्रचण्ड पक्षमासमेत लागेका छन् । अहिलेसम्म कुनै पनि पक्षमा नलागेर तटस्थ रहेका गृहमन्त्री रामबहादुर थापा पक्षधर भनिएका नेकपा स्याङ्जा अध्यक्ष सूर्यप्रसाद गैह्रे पारस ओली पक्षको केन्द्रीय सदस्य भएको सार्वजनिक भएको छ ।

गण्डकी प्रदेशमा ओली पक्षका नयाँ केन्द्रीय सदस्य बन्ने जिल्लामा कास्कीका सबैभन्दा धेरै २६ जना छन् । ओली पक्षको नेकपा गण्डकीका सचिव गोविन्द नेपालीले कास्कीपछि बागलुङका सबैभन्दा धेरै केन्द्रीय सदस्य बनेको जानकारी दिए । सूची अझै थपघट हुने क्रममै रहेको नेपालीले बताए ।

यी हुन् गण्डकीबाट ओली पक्षमा थपिएका केन्द्रीय सदस्य

कास्की

कृष्ण थापा
राजीव पहारी
मीना गुरुङ
रश्मि आचार्य
पुण्य पौडेल
दमोदर वैरागी
वेदबहादुर गुरुङ
पुष्पा केसी भण्डारी
विद्या भट्टराई
प्रभा कोइराला
दिलीपविक्रम शाही
बालकृष्ण काउचामगर
युवराज पौडेल
माधव बास्तोला
तेजनारायण अधिकारी
मनुमाया खत्री
अर्जुन सुनाम
मित्रकुमारी गुरुङ
मीनाकुमारी गुरुङ
केशबहादुर केसी
दलबहादुर गुरुङ
क्या.लालकाजी गुरुङ
लोचना अधिकारी
सिर्जना शर्मा
प्रेम न्यौपाने
मनबहादुर गुरुङ

मुस्ताङ

चन्द्रमोहन गौचन
प्रेम तुलाचन
कृष्ण गौचन
छिरिङ ल्हामो गुरुङ
टासी साङ्मो गुरुङ
शर्मिला गुरुङ

मनाङ
पोल्देन छोतेन गुरुङ
ट्रिपल पी गुरुङ
शान्तमाया परियार

लमजुङ
धनञ्जय दवाडी
टुका हमाल
भीष्म अधिकारी
जमिन्द्रमान घले
लक्ष्मी अधिकारी
गुमानसिंह अर्याल
प्रेम घले
गोवद्र्धन गौली
महेन्द्रलाल श्रेष्ठ
दीपा गुरुङ
फूलबहादुर गुरुङ
बमबहादुर थापा


तनहुँ
टुकराज सिग्देल
केदार सिग्देल
श्रीप्रसाद श्रेष्ठ
कृष्णकुमार श्रेष्ठ
भगवती न्यौपाने
सविता रसाइली
रामचन्द्र पाध्या
शेषमणि आचार्य
दधिराज सुवेदी

गोरखा
प्रेम गुरुङ
कृष्ण नेपाली
बाबुराम थापा
सम्झना देवकोटा
कमल दानी
यादव बस्नेत
सुरेन्द्र थापा

स्याङ्जा
सूर्यप्रसाद गैह्रे पारस
मीनप्रसाद गुरुङ
चक्र पराजुली
मोहन रेग्मी
सीमा क्षेत्री
पुण्य भुसाल
खिम थापा
मुक्ति पाठक
पुण्य भुसाल
नारायण मरासिनी
सुधीर पौडेल
देवी थापामगर
देवी थापा क्षेत्री
तारा शर्मा
ताज मोहम्मत मिया

पर्वत
विकास लम्साल
पदम गिरी
मनोहर विश्वकर्मा पौडेल
प्रेम लामिछाने
मेघनाथ सुवेदी
कल्पना चापागाईं
रामु गिरी
यज्ञ सुवेदी

बागलुङ
जनक पौडेल
श्रीप्रसाद शर्मा
टेकबहादुर केसी
ममता शर्मा
गीता शर्मा
नरबहादुर थापा
भीमप्रसाद शेरचन सुनील
डा. सूर्य पाठक
हीरा केसी
मोहनलाल शर्मा

म्याग्दी
नरदेवी पुन
नवराज शर्मा
हरिकृष्ण श्रेष्ठ
सन्तोष रावल

नवलपुर
रोशन गाहामगर
चन्द्रमणि खराल
जीवन श्रेष्ठ
दीपक अधिकारी
जनकलाल श्रेष्ठ
चन्द्रा पुन
पद्मा जिसी श्रेष्ठ
कृष्ण घिमिरे
घनश्याम कोइराला

तपाईको प्रतिक्रिया