न्याम्डो त्रिरत्नको सहयोग

समाधान संवाददाता २०७७ पुष ८ गते ११:१५

समाधान संवाददात, पोखरा

मुस्ताङको उपल्लो भेगमा रहेको न्याम्डो त्रिरत्न (छोर्तेन) पुनर्निर्माण समितिले पोखरामा रहेका विभिन्न वृद्धाश्रम तथा अपांगता भएकालाई ब्लाङ्केट र खाद्यान्न वितरण गरेको छ ।

मुस्ताङको लोमन्थाङ गाउपालिका वडा नम्बर ४ न्याम्डो गाउँमा रहेको न्याम्डो त्रिरत्न पुनर्निर्माण समितिले पोखराको लेखनाथमा रहेको अपांगमैत्री समाजमा आवद्ध ३१ दृष्टि क्षमता कम भएकालाई सहयोग गरिएको हो ।

Advertisement

समितिले पोखरा ३२ मा रहेको राधाकृष्ण वृद्धाश्रम, पोखरा १७ मा रहेको पोखरा वृद्धाश्रम, पोखरा १५ मा रहेको राष्ट्रिय परोपकार महांसंघ, पोखरा १८ बाच्छेबुडुवामा रहेको वात्स्यायन वृद्धाश्रम र पोखरा १७ मा रहेको मानव सेवा आश्रममा गरी ६५ बोरा चामल वितरण गरेको हो ।

उच्च हिमाली क्षेत्रमा बसोवास गर्दै त्रिरत्न (छोर्तेन) को संरक्षणमा लाग्दै गर्दा पोखरामा रहेका असहाय वृद्धवृद्धालाई समेत सहयोग गरिएको समितिका अध्यक्ष लेक्क्षे लामा गुरुङले बताए ।

Advertisement

समितिले कपडा र खाद्यान्न गर्दा निकै खुसी भएको अपांगमैत्री समाजका सदस्य सुशील गोदारले बताए ।

उपल्लो मुस्ताङबाट प्रतिनिधित्व गर्ने गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टको पहलकदमीमा आफूहरुको समाजमा विगतदेखि सहयोग हुँदै आएको उनले उल्लेख गरे ।

तपाईको प्रतिक्रिया