‘उपसभामुख शर्मा केन्द्रीय सदस्य होइनन्’
समाधान संवाददाता
२०७७ पुष ८ गते १२:०९

समाधान संवाददाता, पाेखरा ।
नेकपा ओली समुहले गण्डकी प्रदेश सभाका उपसभामुख सृजना शर्मा नेकपाको महाधिवेशन आयोजक समितिको केन्द्रिय सदस्य नभएको जनाएको छ ।
ओली पक्षीय नेकपाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश कमिटीका सचिव गोविन्द नेपालीले असावधानीबस उपसभामुखको नाम केन्द्रीय सदस्यका रुपमा आएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन् ।
‘शर्मा जी हाम्रो पुरानो नेता हो तर अहिले संबैधानिक पदमा भएको व्यक्ती पार्टीको नेतृत्वमा रहने कुरै हुँदैन,’ उनले भनेका छन् । उपसभामुख भए लगत्तै शर्माले पार्टी जिम्मेवारीबाट राजीनामा दिएको नेपालीले बताए ।
उपसभामुख शर्माले पनि आफु पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको जानकारी दिइन् । ‘साथीहरुले यत्तिकै नाम दिए होलान्’ शर्माले भ्रममा नपर्न आग्रह गरेकी छन्।
सम्बन्धित









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया