राप्रपाको एजेन्डाले देश बच्छः नेता थापा

समाधान संवाददाता २०७७ पुष ८ गते १४:५४

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आन्दोलन होस् वा चाहे चुनाव जुन बाटोबाट हुन्छ पार्टीको एजेन्डा स्थापित गर्नमा केन्द्रित हुन कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

काठमाडौंमा आज आयोजित आन्दोलन तयारी बैठकलाई सम्बोधन गर्दै थापाले मुलुक संकटको दलदलमा भासिएको चर्चा गर्दै राप्रपाको एजेन्डा र मार्गचित्रबाट मात्र मुकुकको संकटमोचन हुन सक्ने दाबी गरे ।

Advertisement

अहिलेको संकटको सिर्जना कम्युनिस्ट र काङ्ग्रेसबाट भएको हुँदा ती दलहरुबाट अब निकास सम्भव नभएको भन्दै थापाले सबै राष्ट्रबादी शक्ति एकजुट भएर राप्रपाको नेतृत्व र झन्डामा गोलबन्द भई अघि बढ्न आग्रह गरे ।

Advertisement

तपाईको प्रतिक्रिया