ओलीको कदम इतिहासमाथिकै कुः श्रीमाया थकाली

समाधान संवाददाता २०७७ पुष ८ गते १९:१७

एसके थकाली, जोमसोम

नेकपा केन्द्रीय सदस्य एवं नेकपा मुस्ताङकी इन्चार्ज श्रीमाया थकालीले प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको संघीय संसद विघटन र राष्ट्रपती विद्यादेवी भण्डारीबाट हतासमा गरिएको संसद विघटन अनुमोदन असंवैधानिक कदम भएको टिप्पणी गरेकी छन् ।

नेता थकालीले प्रधानमन्त्री ओलीको कदम आत्मघाती भएको दाबी गरिन् । संसद विघटनको कदमको बिरुद्धमा सम्पूर्ण लोकतान्त्रिक गणतन्त्रका पक्षधरलाई एकताबद्ध हुनसमेत थकालीले आह्वान गरेकी छन् ।

Advertisement

२००७ सालदेखि हालसम्म ७० वर्षसम्मको इतिहासमा बामपन्थीले देश र जनताको उत्थानका लागि निरन्तर संघर्ष गर्दै आइरहेको उल्लेख गर्दै पूर्वसांसद थकालीले प्रधानमन्त्रीको संसद बिघटनको कदमले २०६२/०६३ सालको लोकतान्त्रिक आन्दोलन र २०७२ सालमा जारी गरिएको संविधानको औचित्यलाई समाप्त पार्न खोजेको तर्क गरिन् ।

सरकारले संविधानको मर्म र भावना बिपरीत कुण्ठा र आवेशको राजनीतिक दुराग्रह अपनाएर मुलुकलाई अधोगतितर्फ धकेल्न खोजेको आरोप लगाईन् ।

Advertisement

‘विगत १० महिना देखि कोरोना कहरले शिङ्गो मुलुक र जनतालाई आक्रान्त बनाईरहेको छ। प्रधानमन्त्रीले चुनावको मिति घोषणा गर्नु जनताको आत्मसम्मानप्रतिको उपेक्षा हो,’ पूर्व सांसद थकालीले भनीन्, ‘अहिलेको अवस्थामा चुनाव गर्छु भन्नु हास्यापद हो । प्रधानमन्त्री र राष्ट्र प्रमुखले जग हसाउने काम गरे ।’

जनताको अनेकौ त्याग र बलिदानले मुलुकमा बामपन्थीको स्थायी सरकार गठन भएको उल्लेख गर्दै सांसद थकाली संविधानको रक्षक राष्ट्रपतिले संविधानको मर्म र भावनालाई अवसानमा पू-याएको पूर्व सांसद थकालीको भनाइ छ ।

उनले संविधान विघटन गर्नुअघि राष्ट्रपतिले संविधानविदसँगै कुनै परामर्श नगरी हतासमा संसद विघटन सदर गरेकोमा खेद प्रकट गरिन् ।

थकालीले प्रधानमन्त्री ओलीको पछिल्लो कदमले जनअपेक्षामाथि कुठाराघात भएको र यसले कम्युनिष्ठ आन्दोलनलाई ठूलो नोक्सान पु¥याउने उनको टिप्पणी छ ।

‘प्रधानमन्त्रीको कदम मुलुककै लागि घातक हो । मुलुक र जनताको भबिष्यप्रति उत्तरदायी रहनु पर्ने हो,’ उनले थपिन्, ‘प्रधानमन्त्रीको ईष्र्या र कुण्ठाले कसैलार्ई फाइदा पुग्दैन । यो इतिहासमाथिकै कु हो ।’

तपाईको प्रतिक्रिया