प्रचण्ड–नेपाल समुह आन्दाेलनमा, २५०१ सदस्यीय आन्दाेलन परिचालन समिति

समाधान संवाददाता २०७७ पुष ९ गते १४:५७

समाधान संवाददाता, काठमाडौं ।

प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।

बबरमहलको कार्की पार्टी प्यालेसमा जारी बैठकले नारायणकाजी श्रेष्ठलाई आन्दाेलनकाे कमाण्डर ताेकेकाे छ । देशभर आन्दाेलनकाे नेतृत्व गर्न २५ सय १ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरेको छ ।

Advertisement

आन्दोलन परिचालनका लागि सोही समितिबाट सानो सचविालय गठन हुने बताइएको छ । प्रदेशमा काम संचालन गर्न स्थायी कमिटी र प्रदेश कमिटीका पदाधिकारीले काम थाल्ने र प्रदेशका पदाधिकारीले एक हप्ता भित्र प्रदेश कमिटी बैठक राख्नु पर्ने निर्देशन समेत बैठकले दिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया