८ मन्त्री थपिए, कास्कीका जगत हटे

समाधान संवाददाता २०७७ पुष १० गते २०:१९

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नयाँ मन्त्री थपेर मन्त्रिमण्डल विस्तार गरेसँगै दुई जना मन्त्रीलाई हटाएका छन्। युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई मन्त्रिपरिषद्बाट हटाएर नयाँ मन्त्री राखेका हुन् ।

विश्वकर्मा २ चैत २०७४ मा खेलकुद मन्त्री बनेका थिए भने दुगड ८ मंसिर ०७६ मा भएको मन्त्रिमण्डल पुनर्गठनमा मन्त्री बनेका थिए।

विश्वकर्माको ठाउँमा प्रचण्ड समूहबाट ओलीलाई साथ दिन आएका दावा लामालाई मन्त्री खेलकुद मन्त्री बनाइएको छ । सिन्धुपाल्चोकबाट प्रदेशसभा सांसदका पदका लागि उठेर पराजित भएका लामा पहिलो पटक मन्त्री भएका हुन् । दुगडको स्थानमा बिमला विश्वकर्मालाई उद्योग राज्य मन्त्री बनाइएको छ।

Advertisement

शुक्रबार मन्त्रिपरिषदमा ८ जना मन्त्री र एक राज्यमन्त्री थप भएका छन् । शुक्रबार टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, प्रेमबहादुर आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरी दावा लामा र जुलीकुमारी महतोले मन्त्री पदको सपथ लिएका छन् भने विमला विश्वकर्माले राज्यमन्त्रीको सपथ लिएकी छन् ।

६ जना मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ । भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयबाट पर्यटनको जिम्मेवारीमा पठाइएको छ, हृदयेश त्रिपाठीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ

Advertisement

महिला मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका लीलानाथ श्रेष्ठलाई कानुनमन्त्रीको जिम्मेवारी दिइएको छ भने कानुनबाट शिवमाया तुम्बाहाङ्फेलाई भूमिसुधार मन्त्रालयमा सारिएको छ । पद्मा अर्याललाई भने भूमिसुधारबाट कृषिमन्त्रीको जिम्मेवारीमा सारिएको छ ।

तपाईको प्रतिक्रिया