महर्षि गुरुकुललाई सहयोग

समाधान संवाददाता, पोखरा
लायन्स क्लब अफ पोखरा समृद्धिका पूर्व अध्यक्ष तथा जोन चियर पर्सन राधिका थापाको सहयोगमा महर्षि गुरुकुल वेद विद्याश्रम पोखरा ३ मा रहेका विद्यार्थीलाई सिरक, डसना प्रदान गरिएको छ ।
कार्यक्रममा लायन्स डिष्ट्रिक पदाधिकारी रामकुमार बस्यालले जोन चियरपर्सन थापाले आफू अध्यक्ष हुँदा पनि यस्ता कार्यक्रम गर्न पहल गर्ने गरेको स्मरण गरे ।क्लबमार्फत धार्मिक सामाजिक संस्थालाई आवश्यकता अनुसारका सामान दिन सराहनीय काम भएको उनले बताए ।
सामाजिक कार्यमा क्लबको सक्रियता प्रशंसनीय भएको रेडियो सराङकोटका कार्यकारी निर्देशक कृष्ण थापाको भनाइ छ ।
महर्षि गुरुकुल वेद विद्याश्रमका अध्यक्ष रामचन्द्र पौडेलले लायन्स क्लब र थापाकोसहयोगलेविद्यार्थीलाई राहत भएको बताए । गुरुकुलमा कक्षा ६ देखि १० सम्म पढाइ हुन्छ । यहाँ नेपालका विभिन्न जिल्लाका विद्यार्थी आवासीय रुपमा सित्तैमा पढिरहेका छन् ।
कार्यक्रम संयोजक राधिका थापाले संस्थाको आवश्यकतालाई थोरै भए पनि सम्बोधन गर्न पाएको भन्दै खुसी व्यक्त गरिन् ।
संस्थाका अध्यक्ष रेविका श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सचिव शान्तिश्रेष्ठ र लायन्स क्लस्टर प्रमुख डम्बरकुमारी गुरुङले पनि बोलेका थिए ।









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया