पद बहाली गर्दै उर्जामन्त्री रायमाझीले भनेः एमसीसीबारे विवाद सिर्जना नगरौं

समाधान संवाददाता २०७७ पुष १२ गते ११:१५
sf7df8f}F !@ k'; M phf{,hn;|f]t tyf l;+rfOdGqL 6f]kaxfb'/ /fodfemL cfOtaf/ l;+xb/af/l:yt dGqfnodf kbef/ u|x0f ub}{ . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले आज पद बहाली गरेका छन् ।

पद बहाली गर्दै मन्त्री रायमाझीले लक्ष्यअनुसार मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिए ।

Advertisement

उनले भने– हामी ऊर्जामा अझै पनि आत्मनिर्भर हुन सकेका छैनौँ तर पनि निर्यातको क्षेत्रमा अगाडि बढिरहेका छौँ, देशको विकास र समृद्धिलाई अगाडि बढाउन ऊर्जा क्षेत्रका सम्भावनालाई अगाडि बढाउनुपर्ने छ ।

मन्त्री रायमाझीले आगामी दिनमा ऊर्जा उत्पादन र खपत बढाउँदै जाने योजना सुनाए ।

Advertisement

उनले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसिसी) सँग सम्बन्धित विषय देशको पक्षमा रहेको बताउँदै त्यसबारे विवाद सिर्जना गर्नेभन्दा पनि कार्यान्वयनको पक्षमा सहयोग गर्न आग्रह गरे ।

सिँचाइको क्षेत्रका सम्भावनालाई केलाउँदै योजना बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । मन्त्रालयका सचिव मधुसुदन अधिकारीले मन्त्रालयको काम कारवाहीबारे मन्त्रीलाई जानकारी गराए । रासस

तपाईको प्रतिक्रिया