आयोगले थाल्यो निर्वाचनको तयारी

समाधान संवाददाता २०७७ पुष १३ गते ८:१८

काठमाडौं

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका मतदाता नामवाली अद्यावधिक गर्न सुरु गरेको छ । आयोगका प्रवक्ता राजकुुमार श्रेष्ठका अनुुसार निर्वाचनका लागि सुरुका चरणमा गर्नुुपर्ने कामको तयारी प्रारम्भ भएको र मतदाता नामावली अद्यावधिक गर्न थालिएको छ ।

सरकारले प्रतिनिधिसभाको निर्वाचन दुुई चरणमा आगामी वैशाख १७ र २७ गर्ने गरी मिति तोकिसकेकोे छ । यद्यपि, उक्त निर्वाचनका विषयमा दलबीच उत्पन्न भएको विवाद निरुपणका लागि सर्वाेच्च अदालतमा विषय प्रवेश गरेको छ ।

Advertisement

आयोगले ऐनमा व्यवस्था भएअनुुसार निर्वाचन घोषणा भएलगत्तै ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट गरिरहेको मतदाता नामावली सङ्कलन स्थगित गरेको छ । निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सबैभन्दा पहिले आयोगले निर्वाचन कार्यक्रम कार्यतालिका बनाउनुपर्ने हुन्छ ।

निर्वाचनसम्बन्धी ऐन कानूनले व्यवस्था गरेअनुुरुप त्यस्तो काम विधि र प्रकृयाले तोकिएको मितिभन्दा अगाडि पनि गर्न सकिँदैन, पछि सार्न पनि मिल्दैन । तोकिएको मितिमा ठीकठीक तरिकाबाट कार्यसम्पन्न गर्ने सिलसिलामा हाल कार्यतालिका निर्धाणका लागि मस्यौदा तयार गरिसकेको छ ।

Advertisement

उक्त मस्यौदालाई निकट भविष्यमै अन्तिम रूप दिएर निर्णयका लागि पेश हुने क्रममा रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । आयोगले निर्वाचनका लागि आवश्यक पर्ने बजेट अनुमानको काम गरिरहेको छ ।

निर्वाचनका लागि केकस्ता क्रियाकलाप गर्नुुपर्छ, त्यसका लागि कति जनशक्ति केकति समय परिचालन हुुन्छ र त्यसमा केकस्ता अन्य स्रोत सामग्री आवश्यक पर्छ भन्ने आधारमा बजेटको निर्क्यौल गर्नुुपर्ने भएकाले आयोगले बजेट अनुुमान गर्ने काम भइरहेको बताइएको छ ।

विगतका निर्वाचनकै विधि प्रकृया र क्रियाकलाप गरिने भए पनि कति मात्रमा जनशक्ति परिचालन गर्छौं, कति समयमा त्यो क्रियाकलाप सञ्चालन हुन्छन्, केकस्ता सामग्री प्रयोग गर्छौँ भन्नेसँग बजेट निर्धारण हुने उनले बताए । यद्यपि, अघिल्लो आमनिर्वाचनमा सात अर्ब रुपैयाँको हाराहारीमा खर्च भएकाले यस पटक पनि सोही वरपरकै खर्च हुुने अनुमान छ ।

अहिलेको निर्वाचन कोरोनाका कारण स्वास्थ्यका दृष्टिकोणले निर्वाचन व्यवस्थापन गर्नुुपर्ने भएकाले केही खर्च थप लग्ने अनुुमान गरिएको छ । बजेट तर्जूमाको काम भइसकेपछि आयोगले स्वीकृत गरी अर्थ मन्त्रालयसँग अनुुरोध गर्ने छ ।

निर्वाचनका लागि प्रयोग हुुने मतपेटिकालगायत अत्यावश्यक सामग्री जिल्ला निर्वाचन कार्यालयमा के, कति र कस्तो अवस्थामा मौज्दात छ, नपुुग हुुने सामग्री कति हो भन्ने विवरण आयोगले लिइरहेको छ । रासस

तपाईको प्रतिक्रिया