ऊर्जाखोला बन्दै रघुगंगा

राकेश शर्मा, म्याग्दी
म्याग्दीको रघुगंगा नदी ऊर्जाखोलामा परिणत हुन थालेको छ । प्रशारण लाइन, सबस्टेसन निर्माण, सडकको पहुँच विस्तार तथा ऊर्जाको अन्तर्राष्ट्रिय बजार खोजी हुन थालेपछि वर्षौ अघि सर्भेक्षण गरिएका जलविद्युत आयोजनाले गति लिन थालेका छन् ।
विद्युत विकास विभागका अनुसार रघुगंगा र सहायकखोलामा १ सय ४६.८ मेगावाट क्षमताका ४ जलविद्युत आयोजनाले निर्माण अनुमति लिएका छन् ।
रघुगंगा र सहायक नदीहरुमा धमाधम जलविद्युतआयोजना बन्न थालेपछि रघुगंगा गाउँपालिका जलविद्युत ‘हब’ बन्नथालेको हो ।
५.५ मेगावाट क्षमता आयोजनाले निर्माण अनुमति मागेको छ । २४.६५ मेगावाट क्षमताका ३ आयोजना सर्र्भेक्षणका क्रममा छन् ।
नेपाल विद्युतप्राधिकरणको सहायककम्पनी रघुगंगा हाइड्रो पावर लिमिटेडले निर्माण गरिरहेको ४० मेगावाट, ३७ मेगावाट क्षमताको रघुगंगा मंगले, जलविद्युत आयोजनाको बाँध, सुरुङ र विद्युतगृह एकैसाथनिर्माण सुरु गरेको तुदीपावरले ४८.५ मेगावाट क्षमताको अर्को अपर रघुगंगा निर्माण प्रक्रिया सुरु गरेका छन् ।
राहुघाटको सहायक बगरखोलामा ५.५ मेगावाट क्षमताको जलविद्युत आयोजना जेनेरेसनलाइसेन्स प्राप्तिको प्रक्रियामा छ ।
४.७५ मेगावाट क्षमताको स्यानोखोला, ४.९० मेगावाट क्षमताको अपर ठूलोखोला र १५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत आयोजना सर्र्भेक्षणको चरणमा छन् ।
संयुक्त उर्जा प्रालिले कुइनेमंगलेमा २१.३० मेगावाट क्षमताको ठूलोखोला जलविद्युतआयोजना बनाउने तयारी गरेको छ ।
संयुक्तका प्रतिनिधि अनुरोध अधिकारीले पहिलो चरणमा आवासको काम सुरु गरिएको र यसको निर्माण सम्पन्न गर्ने बताए ।
स्थानीयतह, प्रदेश र संघीय सरकारको तर्फबाट पहुँचमार्ग निर्माणमा सघाउनुका साथै सहजीकरण गरी काम गर्ने वातावरण बनाएकाले लगानीकर्ता आकर्षित भएका हुन् ।
रघुगंगा र सहायक नदीहरुमा बन्ने जलविद्युत आयोजना निर्माणलाई गतिदिन मौवाफाँटदेखि दग्नाम, दर्मीजा, चिमखोलाहुँदै कुइनेमंगले जोड्ने सडक निर्माणमा गाउँपालिका, प्रदेश र संघीय सरकारले साझेदारी गरेका छन् ।
पालिकाले जलविद्युत आयोजनाहरुसँग साझेदारी गरेको रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए । उनले भने, ‘अब रघुगंगा नदी ऊर्जा खोलामा परिणत हुँदै छ ।’








डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न
एमालेको सचिवमा पद्मा अर्याल निर्वाचित
एमालेको उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ विजयी
५ वर्षमा पनि बनेन सेती नदीमा पुल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया