आइसिटी अवार्ड बूढानीलकण्ठ स्कुललाई

समाधान संवाददाता २०७७ पुष १३ गते १५:३२

समाधान संवाददाता, पोखरा

नेपाल टेलिकमसँग सहकार्य गरी विषम परिस्थितिमा पनि इन्टरनेटको माध्यमबाट पठनपाठन सुचारु गरिरहेको बूढानीलकण्ठ स्कुलले प्रविधि क्षेत्रको प्रतिष्ठित ‘डिजिटल एडुकेसन आइसिटी अवार्ड २०२०’ प्राप्त गरेको छ ।

शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउन प्रोत्साहन गर्ने उद्देश्यले सरकारी तथा सामुदायिक शैक्षिक संस्थालाई प्रदान गरिने उक्त अवार्डमा नेपालभित्र सञ्चालनमा रहेका सार्वजनिक शैक्षिक गुठीमा आवद्ध विद्यालय, सामुदायिक विद्यालयहरु,क्याम्पस एवं विश्वविद्यालय प्रतिस्पर्धी थिए ।

Advertisement

नेपालकै सबैभन्दा ठूलो प्रविधि अवार्डका रुपमा रहेको यस विधामा २७शैक्षिक संस्थाको नोमिनेसन भएको थियो ।

विभिन्न क्षेत्रका १४ विज्ञको जुरी समूहले विभिन्नआधारमा थुप्रैचरणमा गरेको मूल्यांकनका आधारमा अवार्ड घोषणा गरिएको हो ।

Advertisement

शनिबार राजधानीमा आयोजित पाँचौँ संस्करणको उक्त अवार्ड घोषणा कार्यक्रममा अनलाइन शिक्षामा पु¥याएको उल्लेखनीय योगदानको कदरस्वरुप बूढानीलकण्ठ स्कुललाई अवार्ड प्रदान गरिएको हो ।

कोभिड १९ महामारीका कारण सिर्जित बन्दाबन्दीको समयमा २०७७वैशाख महिनाको आरम्भदेखि नै अनलाइन कक्षा सञ्चालन गरेको बूढानीलकण्ठ स्कुलले नेपाल टेलिकमको सहकार्यमा प्रविधिका क्षेत्रमा आमूल परिवर्तन गरी विद्यालयलाई प्रविधिमैत्री बनाएको छ ।

स्कुलले विश्वप्रसिद्ध माइक्रोसफ्ट टिम्स प्रयोग गरी करिब ९८ प्रतिशत विद्यार्थीलाई समेटी सबै विषयका कक्षासञ्चालन गर्नुका साथै विभिन्न परीक्षासमेत सञ्चालन गरेको छ ।

नेपालका दूरदराजमा रहेका विद्यार्थीलाई अनलाइन कक्षामा समस्या नआओस् भन्ने उद्देश्यले अभिभावकको साथ, सहयोग तथा नेपाल टेलिकमको सहकार्यमा डाटा प्याकेज प्रदान गरेको छ ।

स्कुलको प्रयासलाई लिभिङ विथ आइसिटी टिमले उच्च कदर गरेकामा खुसी व्यक्त गर्दै प्रिन्सिपल होमनाथ आचार्यलेअवार्डले स्कुल परिवारलाई थप हौसला र जिम्मेवारी दिएको बताए ।

तपाईको प्रतिक्रिया