बंगलादेशबाट मल ल्याउने तयारी

समाधान संवाददाता २०७७ पुष १३ गते १५:३३

काठमाडौं

बंगलादेशबाट यही पुस महिनाभित्रैमा रासायनिक मल नेपाल पठाउने तयारी अन्तिम चरणमा पुगेको छ ।

सरकारले एलसी अर्थात् प्रतितपत्र खोलेलगत्तै यसको १० दिनभित्रमा मल ढुवानीको शुरुआत हुनेछ ।

Advertisement

कृषि सामग्री कम्पनीले आइतबार बैंकमार्फत एलसीका लागि प्रक्रिया शुरु गरिसकेकाले अर्को हप्ताबाट मल ढुवानी थालिने बंगलादेशस्थित नेपाली राजदूत डा वंशीधर मिश्रले जानकारी दिए ।

सम्झौताअनुसार एलसी खोलेको १० दिनभित्रमा मल ढुवानी शुरु गरिसक्नुपर्ने र दुई महिनाभित्रमा ढुवानी सक्नुपर्ने हुन्छ । सरकारले बंगलादेशबाट ५० हजार मेट्रिक टन मल ल्याउँदै छ ।

Advertisement

मल भित्र्याउँदा प्रतिमेट्रिकटन ३५९ दशमलव ५ डलर बराबर लाग्ने जनाइएको छ । यो हाल आयात भइरहेको मलको तुलनामा प्रतिमेट्रिकटन झण्डै साढे १८ डलरको दरले सस्तो हो ।

“विश्वकै उच्च गुणस्तरीय मल यसरी नेपाल जाँदा ५० हजार मेट्रिकटनमा झण्डै रु १० करोड नेपाली रुपैयाँ बचत हुन्छ”, उनले भने ।

युरिया मलको ढुवानी हुनु दुईदेशका बीचमा नयाँ फड्कोका रुपमा लिइएको छ ।

यसले विद्युत् व्यापारलगायत अन्य सम्पर्क सञ्जाल विस्तारका लागिसमेत सहयोग पुग्ने विश्वास दुवै देशको छ ।

तपाईको प्रतिक्रिया