परशुरामलाई पुरस्कार

समाधान संवाददाता २०७७ पुष १५ गते १७:५८

समाधान संवाददाता, लेखनाथ

लेखनाथ पत्रकारिता पुरस्कार २०७७ बाट परशुराम आचार्य शर्मा सम्मानित भएको छन् ।

कविशिरोमणि लेखनाथ पौडेलको १ सय ३७ औं जन्मजयन्तीको अवसरमा बुधबार आयोजित कार्यक्रममा आचार्यलाई सम्मान गरिएको हो ।

Advertisement

आचार्यलाई नगद ११ हजार १ सय ११, सम्मान पत्र र दोसल्ला प्रदान गरियो ।

पोखरा ३३ मा जन्मिएका आचार्य २०५३ देखि नेपाल टेलिभिजनमा कार्यरत छन् ।

Advertisement

उनलाई साहित्यकार प्राडा रविलाल अधिकारी, पोखरा २७ का अध्यक्ष पूर्णकुमार गुरुङ, वडा नं. ३० का अध्यक्ष श्रीराम पोखरेल, लेखनाथ जन्मस्थल विकास समितिका अध्यक्ष विश्वप्रकाश लामिछाने र लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराज ढकाल र लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले संयक्त रुपमा सम्मान गरेका हुन् ।

प्राडा अधिकारीले लेखनाथको योगदानको चर्चा गर्दै उनका साहित्यिक कृतिमा व्यक्त भावले समेत उनी प्रगतिवादी सोचका भएको विचार राखे ।

पोखरा २७ का अध्यक्ष पूर्णकुमार गुरुङले कविको जन्मस्थल अर्घौ अर्चलेको विकासमा महानगरको तर्फबाट सहयोग रहिरहने प्रतिवद्धता गरे । पोखरा ३० का अध्यक्ष श्रीराम पोखरेलले आन्तरिक एवं बाह्य पर्यटनको आकर्षणको केन्द्रका रुपमा यसलाई विकास गर्नुपर्ने विचार राखे ।

लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालले सबैको साथ र सहयोगले अर्घौ अर्चलेलाई चिनाउन सकिएको बताए । जन्मस्थल विकास समिति अध्यक्ष विश्वप्रकाश लामिछानेले अर्घौ अर्चलेलाई सृजनाग्रामका रुपमा विकास गर्ने योजना सुनाए ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य बावुराम गिरी, लेखनाथ उद्योग बाणिज्य संघ अध्यक्ष बलराम ढकाल, सम्मानित व्यक्तित्व परशुराम आचार्य, लेखनाथ पत्रकार मञ्च अध्यक्ष भीमपाणि बराल, मञ्चका सचिव विष्णुहरि पौडेल, सामुदायिक सेवा केन्द्र कास्की अध्यक्ष सोमनाथ बास्तोला लगायतले बोलेका थिए ।

कार्यक्रममा सप्तरंगी सांस्कृतिक प्रतिष्ठानले स्थापना गरेको मधुमाया ढकाल पुरस्कारबाट रञ्जना कुइकेल, सविन अधिकारी, फणिन्द्रकुमारी पुरस्कारबाट समीक्षा सुवेदी र चन्द्रकान्त ढकाल शिक्षा पुरस्कारबाट श्रीकृष्ण पौडेललाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया