पवन वरिष्ठ उपाध्यक्षमा निर्विरोध
समाधान संवाददाता
२०७७ पुष १८ गते १०:५४

समाधान संवाददाता, पोखरा
पोखरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा पवन प्रजापति निर्विरोध हुने भएका छन् ।
संघको यही २४ गते हुने निर्वाचनका लागि प्रजापतिले मात्र सो पदका लागि मनोनयनपत्र लिएका छन् । मनोनयनपत्र लिने समय शुक्रबार ५ बजेसम्म थियो ।
संघको ३३ औं महाधिवेशनमा २ प्यानल मैदानमा आउने देखिएको छ ।
नारायण कोइरालाको प्यानलबाट उम्मेदवार बनेका प्रजापतिलाई विन्दु कोइराला सुवेदीको समूहले पनि समर्थन गरेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया