पोखरा जेसीजको पदस्थापन

समाधान संवाददाता, पोखरा
पोखरा जेसिजको वर्ष २०२१ को नयाँ कार्यसमितिको पदस्थापन शुक्रबार भएको छ ।
वर्ष २०२० का अध्यक्ष शिवप्रसाद सापकोटाले वर्ष २०२१ का अध्यक्ष किरण केसीलाई पद हस्तान्तरण गरे ।
कार्यक्रममा नेपाल जेसीज वर्ष २०२१ का राष्ट्रिय अध्यक्ष अरूनेश्वर खनालले युवाको नेतृत्व र व्यक्तित्व विकास गरी समाजको असल र जिम्मेवार नागरिक बनाउनु जेसीजको उदेश्य रहेको बताए ।
उनले युवा लक्षित गरी रचनात्मक र सृजनात्मक कार्यक्रममा जोड दिनुपर्ने उल्लेख गरे ।
वर्ष २०२० का अध्यक्ष शिवप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल ३२५ बि १ नेपालका पूर्व गभर्नर ध्रुवबहादुर थापा, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष रवीन्द्र गुरूङ, नेपाल जेसीज क्षेत्र खका निरूपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भोजराज चापागाइँ, नेपाल जेसीज ४८ औं राष्ट्रिय महाधिवेशन निर्देशक नारायण शर्मा, वर्ष २०२० पोखरा जेसीज अध्यक्ष शिवप्रसाद सापकोटा, कार्यक्रम संयोजक विनोद भुजेल वर्ष २०२१ का महासचिव भाइराज राना लगायतले बोलेका थिए ।
समारोहमा वर्ष २०२१ का अध्यक्ष किरण केसीले ५ वर्षीय कार्ययोजना प्रस्तुत गरे ।
कार्यक्रममा वर्ष २०२० का गतिविधि तथा वर्ष २०२१ को वार्षिक कार्ययोजना समेटेर तयार पारिएको स्मारिका लिडर २०२० विमोचन गरियो ।








केपी ओलीको उदय, चुनाैती र अनुभव
डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न
एमालेको सचिवमा पद्मा अर्याल निर्वाचित
एमालेको उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ विजयी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया