प्रदेश इन्चार्जबाट गुरुङ र पोखरेल हटाइए
समाधान संवाददाता
२०७७ पुष २० गते १८:०३

काठमाडौं ।
नेकपा प्रचण्ड–माधव समूहले दुई प्रदेशको प्रदेश इन्चार्ज हेरफेर गरेको छ ।
पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको इन्चार्जबाट गुरुङ र लुम्बिनी प्रदेशको इन्चार्जबाट पोखरेललाई हटाएको छ ।
बैठकले देवेन्द्र पौडेललाई गण्डकी इन्चार्ज र युवराज ज्ञवालीलाई लुम्बिनी प्रदेशको इन्चार्ज तोकेको छ ।
यसअघि ओली समूहले पनि प्रचण्ड– माधव समूहमा रहेका इन्चार्जहरुलाई हटाएर नयाँ जिम्मेवारी दिइसकेको छ ।
सोमबारको स्थायी कमिटी बैठकको अध्यक्षता माधवकुमार नेपालले गरेका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया