प्रतिनिधिसभा विघटनविरुद्ध पोखरामा शान्तिपूर्ण धर्ना

समाधान संवाददाता २०७७ पुष २० गते २२:००

समाधान संवाददाता, पोखरा

प्रतिनिधिसभा विघटनविरुद्ध पोखरामा शान्तिपूर्ण धर्ना दिइएको छ । संयुक्त देशभक्त मोर्चाले जिल्ला प्रशासन कार्यालय कास्की अगाडि सोमबार बिहान १ घन्टा धर्ना दिएको हो ।

बिहान १० बजेबाट ११ बजेसम्म संसद विघटनको निर्णय विरुद्ध आफूहरुले धर्ना दिएको मोर्चा संयोजक वरिष्ठ अधिवक्ता तीलक पराजुलीले जानकारी दिए ।

Advertisement

सहभागीले ‘राष्ट्रपति महोदय तपाइँ संविधानको रक्षक हो, भक्षक हुन पाइँदैन’, ‘प्रतिनिधिसभा विघटन राष्ट्रघात हो’, ‘प्रतिनिधिसभा पुनस्र्थापना गर’ लगायत नारा लेखिएको प्लेकार्ड लिएर धर्नामा बसेका थिए ।

केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद विघटन गरेकी थिइन् । यो विषय अहिले सर्वोच्च अदालतमा पुगेको छ । प्रधानमन्त्रीको कदमविरुद्ध देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन भइरहेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया