आजबाट गण्डकी प्रदेशसभाको विशेष अधिवेशन

समाधान संवाददाता २०७७ पुष २१ गते ९:१०

समाधान संवाददाता, पोखरा

आजबाट गण्डकी प्रदेश सभाको विशेष अधिवेशन सुरु हुँदैछ ।

गत ३० मंसिरमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले कोभिड १९ को उपचार, नियन्त्रण, व्यवस्थापन, मूल्यवृद्धि, बेरोजगारी लगायतका विषयमा सरकारको जवाफ माग्दै विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष माग गरेका थिए ।

Advertisement

त्यसै अनुसार आज १ बजे विशेष अधिवेशन बोलाइएको हो ।

प्रदेश सभाको विशेष अधिवेशनमा सार्वजनिक महत्वको विषय बनाउने कि संकल्प प्रस्ताव पेश गर्ने भन्ने विषयमा सोमबार दलबीच मत बाझिएको थियो ।

Advertisement

दलबीच मत बाझिँदा विशेष अधिवेशनको कार्यसूची टुंगो लगाउन नसकी गण्डकी प्रदेशसभा कार्य व्यवस्था परामर्श समितिको सोमबारको बैठक सकिएको थियो ।

तपाईको प्रतिक्रिया