लेखनाथ २ सातादेखि सम्पर्कविहीन
समाधान संवाददाता
२०७७ पुष २१ गते ९:१६
समाधान संवाददाता, पोखरा
कास्कीको मादी गाउँपालिका वडा नं ५, चितेपानीका ५४ वर्षीय लेखनाथ अधिकारी सम्पर्कविहीन भएका छन् ।
पुस ६ गते मर्निङ वाकमा निस्केका उनी घर नफर्केपछि परिवारले उनको खोजीका लागि सम्पूर्णमा अनुरोध गरेको हो ।
बेपत्ता हुनु १ साताअघि उनको पायल्सको शल्यक्रियासमेत गरिएको उनका भाइ नमराजले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरको समेत सहयोगमा मादी क्षेत्रमा उनको खोजी गरिएको नमराजले जानकारी दिए ।
धनुवास मावि मादी ७ छाचोकका पूर्वशिक्षक अधिकारीका श्रीमती र ३ छोरी छन् ।
कसैले देखेमा नजिकको प्रहरी कार्यालय वा ९८५११०७२०५, ९८४६०८८४०५ मा सम्पर्क गर्न परिवारले अनुरोध गरेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया