विकासबाहेक सपना छैनः पहारी

समाधान संवाददाता २०७७ पुष २१ गते ९:२०

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले पोखरा ६ को नहरमार्ग ढलान बाटो सोमबार शिलान्यास गरेका छ्न ।

उनले गुणस्तरीय निर्माण लागि निरन्तर अनुगमन गर्न स्थानीयलाई आग्रह गरे ।

Advertisement

पहारीले विकास बाहेक आफ्नो कुनै सपना नभएको उल्लेख गर्दै आफ्नो निर्बाचन क्षेत्र उदाहरणीय बनाउन लागिपरेको सुनाए ।

इन्जिनियर किरण आचार्यले समयमै काम सक्न हरतरहका सहयोग गर्न स्थानीयलाई आफ्नो सहयोग र सहभागिता रहने उनले उल्लेख गरे ।

Advertisement

भौतिक पूर्वाधार मन्त्रालय पूर्वाधार विकास कार्यालयका इन्जिनियर दिनेश घिमिरेले योजनामा भएका कमजोरी सुधार गर्दै समयमा काम गर्नुपर्ने बताए ।

पर्यटन बोर्डका पूर्व सदस्य अग्नि कँडेलले विकासमा सबै स्थानीय एक मत भएको बताए ।

उनले पर्यटनको केन्द्र लेकसाइडमा विश्वकै ध्यान पुग्ने हुँदा यसको विकास पनि सोही तवरले हुनुपर्नेमा जोड दिए । पोखरा ६ का वडाध्यक्ष जगत पहारीले विकासका लागि आवश्यक समन्वय गर्न वडा कार्यालय सधै तयार रहेको जनाए ।

करिब ५ सय मिटर लामो सो ढलान बाटो गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको ४७ लाख ७० हजारमा बन्दै छ ।

नहरमार्ग बाटो निर्माण समिति अध्यक्ष तुलसी दाहालको अध्यक्षता भएको कार्यक्रममा सचिव गोपी भट्टराई र खहरे टोल विकास संस्थाका अध्यक्ष खिमलाल पहारीले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया