शववाहन किन्न ४० लाख संकलन

समाधान संवाददाता, लेखनाथ
नागरिक परोपकार समन्वय संस्था कास्कीले शववाहन किन्न सञ्चालन गरेको अर्थ संकलन अभियानबाट हालसम्म ४० लाख संकलन भएको छ ।
सोमबार पोखरा २६ को बुढीजारमा आयोजित ११ औं शृंखलामा करिब २ लाख संकलन भएको हो ।
जिल्ला समन्वय समिति कास्की संयोजक बैनबहादुर अधिकारी क्षेत्रीले मानिसलाई बाँचुञ्जेल जीवनका विभिन्न कालखण्डमा सम्मान गरेजस्तै मृत्युपर्यन्त पनि सम्मानजनक अन्त्येष्टि गर्नु जरुरी भएको बताए ।
पोखरा २६ का वडाध्यक्ष नारायणप्रसाद बरालले भौतिक विकासमात्र विकास नभई मानव संशाधनको विकास पनि विकासको अभिन्न अंग भएको बताए ।
कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका कोषाध्यक्ष जानुका अधिकारी, लायन्स क्लबको तर्फबाट शैलेन्द्रमोहन भटराई, निर्माण व्यवसायी सूर्यनारायण बरालले मानिसको मृत्युपश्चात गरिने संस्कारलाई समयानुकूल परिमार्जन एवं सहज बनाउने उद्देश्यले सञ्चालन गरिएको यस अभियानमा सबैको साथ र सहयोग चाहिनेमा जोड दिए ।
शववाहन अभावमा सर्वसाधारणले दुःख पाउने गरेको र कोरोना महामारीका कारण यो समस्या झनै जटिल बनेकाले शववाहन खरिद गर्न अभियान थालिएको संस्थाका अध्यक्ष राजेन्द्र ओझाले बताए ।
अभियानमार्फत १ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य छ । संकलित रकमबाट ४० लाख शववाहन किन्न र ६० लाख शववाहन सञ्चालनका लागि कोष स्थापना गरिने भएको छ ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया