निर्वाचन गराउनुपर्ने भन्दै सर्वोच्चमा रिट

काठमाडौं
तोकिएकै समयमा निर्वाचन गराउनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
अधिवक्ता दिपक बिक्रम मिश्रले सोमबार तोकिएको समयमै निर्वाचन हुनुपर्ने भन्दै रिट दायर गरेका हुन् ।
निर्वाचनलाई प्रभावित पार्ने गतिबिधि नगर्नुरनगराउनु अन्तरिम आदेशको माग गर्दै रिट दायर गरिएको छ । उक्त रिटको आज पेसी राखिएको छ ।
सरकारले प्रतिनिधि सभा विघटनका साथै वैशाख १७ र २७ गते दुई चरणमा ताजा निर्वाचन गराउने गरि गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेकी थिइन् ।
निर्वाचनको विषयमा नेकपाभित्रै विवाद छ । जनताले दिएको पाँच वर्ष नबित्दै प्रतिनिधिसभा विघटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीविरुध्द पुष्पकमल दाहाल(माधवकुमार नेपाल समूहले ओलीलाई संसदीय दलको नेता र पार्टी अध्यक्षबाट हटाएको थियो ।
कतिपयले कोरोना महामारीमा निर्वाचन गराउने अर्बौं रुपैयाँले कोरोना भ्याक्सिन खरिद गर्नुपर्ने तर्क गरेका छन् ।
तपाईको प्रतिक्रिया