कास्कीमा जनमोर्चाले थाल्यो १ महिने संघर्ष

समाधान संवाददाता, पोखरा
प्रतिनिधिसभा विघटनको विरोध, संघीयता खारेजी र भ्रष्टाचार अन्त्यको माग राख्दै राष्ट्रिय जनमोर्चा कास्कीको १ महिने संघर्षका कार्यक्रम थालेको छ ।
पार्टीको केन्द्रीय नीति अन्तर्गत कास्कीका ठाउँ ठाउँमा कोणसभा तथा सन्देशमूलक कार्यक्रम गर्ने जिल्ला अध्यक्ष रविमोहन ढकालले जानकारी दिए । पार्टीका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले कार्यक्रम उद्घाटन गरे ।
उनले वर्तमान अवस्थामा आम नेपाली जनता सचेत र सतर्क नभए अहिलेसम्मका आन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने दाबी गरे । उनले अहिलेको राजनीति संकटले मुलुक अस्थिरताको भुमरीमा फस्ने उल्लेख गर्दै उनले मलुकलाई विदेशी शक्तिको रणभूमिमा फस्न नदिने स्वभिमानी नेपाली एकजुट हुनुपर्ने बताए ।
अध्यक्ष ढकालले आउँदो माघ २ गते लेखनाथको तालचोक, ३ गते रामबजार, ९ गते बगर, १० गते बिरौटा, १३ गते लेकसाइडको हल्लनचोक, १६ गते हेमजाको मीलनचोक, २० गते अन्नपूर्ण गाउँपालिकाको वीरेठाँटी, २३ गते रुपा गाउँपालिकाको देउराली, २८ गते माछापुच्छ्रे गाउँपलिकाको लाहचोकमा विरोध कार्यक्रम गर्ने जानकारी दिए ।
कार्यक्रममा नेकपा (मसाल)कास्की प्रवक्ता चन्द्रबहादुर केसी, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (छैठौ) केन्द्रीय उपाध्यक्ष गणेश अधिकारी, राष्ट्रिय जनमोर्चा कास्की सहसचिव विक्रम थापा, अन्टुक केन्द्रीय सदस्य रामबहादुर बाठामगर, अखिल नेपाल किसान संघ कास्की अध्यक्ष गंगबहादुर थापा, अखिल नेपाल महिला संघ कास्की अध्यक्ष जमुना केसी र जनजाति नेता टमबहादुर रोक्कामगर लगायतले बोलेका थिए ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया