पोखरामा जनप्रदर्शन गर्दै जसपा, डा. बाबुरामसहित केन्द्रीय नेताले सम्बोधन गर्ने

समाधान संवाददाता, पोखरा
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि यो कदम असंवैधानिक र प्रतिगामी भएको भन्दै जनता समाजवादी पार्टी, गण्डकीले पुस २९ गते पोखरामा जनप्रदर्शन गर्ने भएको छ ।
प्रधानमन्त्रीको कदम असंवैधानिक तथा जनआन्दोलन २०६२/०६३ को मर्म र उपलब्धिकै विरुद्धमा रहेकाले उक्त कदमका विरुद्ध सडकबाटै दबाब दिनका लागि कार्यक्रम आयोजना गरिएको जनप्रदर्शन प्रचारप्रसार समिति संयोजक किरण थापाले बताए ।
जनप्रदर्शनलाई सम्बोधन गर्न जनता समाजवादी पार्टी नेपालका नेताहरु डा. बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ र शरदसिंह भण्डारी पोखरा आउने थापाले जानकारी दिए ।
प्रदर्शन सफल पार्न आयोजकले विभिन्न उपसमिति गठन गरेको जनाएको छ । गठित उपसमिति संयोजकमा अतिथि सत्कारतर्फ मोती रिजाल, आर्थिक व्यवस्थापनमा दीपक तामाङ, स्वयंसेवक परिचालनमा डिबी नेपाली तथा संघ, संस्था समन्वय समिति संयोजकमा हुम गुरुङ छन् ।
पार्टी प्रवेश समन्वय समिति संयोजकमा देवी सुवेदी, स्वास्थ्यमा शंकर गौतम, संगठन परिचालनमा टीकाराम पौडेल र गिरीप्रसाद गुरुङ, अनुगमनतर्फ धनप्रसाद तामाङ र राजन कार्की, मञ्च व्यवस्थापनमा शम्भु खाती संयोजक छन् ।
जनप्रदर्शनका दिन सयौंले जसपा पार्टीमा प्रवेश गर्ने जसपा गण्डकी प्रदेश संयोजक मोती रिजालले दाबी गरे । २९ गते बिहान साढे ११ बजे चिप्लेढुंगाबाट -याली सुरु हुने र दिउँसो साढे १२ बजे पृथ्वीचोकमा पुगी सभामा परिणत हुनेछ ।







कांग्रेसको निर्णय : गगन थापा भावी प्रधानमन्त्रीका उम्मेदवार, प्रचार समिति संयोजकमा चालिसे
चुनाव जिते पनि संसद् छिर्न नपाउने जोखिममा मनाङका टेकबहादुर गुरुङ
पोखरा–१५ खेलकुद : ५ किमी दौडको उपाधि विजय र समृद्धिलाई
मादीको चण्डिका विद्यालयमा अक्षरारम्भ : खेल र नाचगानबाटै शिक्षा दिन सुझाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया