पोखरामा दोमा–दोमा

समाधान संवाददाता, पोखरा
जापानमा सञ्चालन भइरहेको दोमो दोमो रेस्टुरेन्टको शाखा पोखरामा सञ्चालनमा आएको छ ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी लगायतले उद्घाटन मंगलबार रेस्टुरेन्टको उद्घाटन गरे ।
युवा व्यवसायी लक्ष्मण प्रधान, सन्देश ढुंगाना,सुजन श्रेष्ठ, सूर्य श्रेष्ठले ९० लाख लगानीमा महेन्द्रपुलस्थित मोबाइल टावरमा रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।
पारिवारिक वातावरणमा र जापानिज साथै नेपाली खानाको परिकारको नयाँ कन्सेप्टमा सञ्चालकले बताएका छन् ।
विभिन्न परिकार र नयाँ स्वादले यहाँ आउने ग्राहकलाई नौलो र मिठो स्वाद अनुभव गराउने उनले बताए ।
सञ्चालक सुजनश्रेष्ठ भन्छन्, ‘हिमालको दृष्य हेर्दै र पारिवारिक वातावरणमा नयाँ स्वादको अनुभव लिन पाइन्छ ।’
रेस्टुरेन्टमा चाइनीज, जापानीज, नेपालका विभिन्न परिकारसँगै कन्टिनेन्टल फुडको स्वादले मान्छेको मन लोभ्याउने उनको भनाइ छ ।
साथै रेष्टुरेन्टमा साँझ ५ बजेपछि विभिन्न ब्यान्डको लाइभ म्युजिक पनि राखिएको छ ।
उद्घाटन समारोहमा बोल्दै दामु अधिकारीले अबको समय स्वास्थ्य मापदण्ड पालना गरेर व्यवसाय चलायमान गर्नुपर्ने बताए । सञ्चालक सूर्यले रेस्टुरेन्टको शाखा दमौलीमा खोल्ने तयारी भइरहेको जनाए ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया