घरदैलोमा पोउवासंघ उम्मेदवार सुदीप

समाधान संवाददाता २०७७ पुष २३ गते १८:२८


पोखरा, २३ पुस


पोखरा उद्योग वाणिज्य संघको आसन्न ३३ औं महाधिवेशनका लागि स्वतन्त्र उम्मेदवार बनेका युवा व्यवसायी सुदीप प्रधानांगले मतदाताको रेस्पोन्सबाट उत्साहित भएको बताएका छन् । कार्यसमिति सदस्य पदका उम्मेदवारमा उम्मेदवारी दिएका सुदीप यतिबेला मत माग्दै व्यवसायीहरुको घरदैलो र पसलमा पुगिरहेका छन् ।

तेर्सापट्टी, बगर, सर्वेश्वर मार्ग पन्थी गल्ली, पृथ्वीचोक लगायत क्षेत्रमा अहिलेसम्म उनले घरदैलो गरिसकेका छन् । ‘जहाँ पुग्छु त्यहाँका व्यवसायीहरुले दिनुभएको बचनले उत्साहित छ,’ उनले भने ।

Advertisement


संघको कार्यसमिती सदस्य पदका लागि भएका ले १० जनामा रोजेर सुदीपलाई नछुटाई मतदान गर्ने मनसाय उनले प्रकट गरे । युवा प्रतिनिधित्व अहिलेको आवश्यकता भएकाले पनि युवा उम्मेदवारलाई जिताउनुपर्ने उनको भनाइ छ । सुदीपले युवाको प्रतिनिधित्व गर्ने पनि बताएका छन् । ‘सक्षम नेतृत्व र नयाँ पुस्ताको आगमनले नै व्यावसयिक हकहितलाई ध्यान दिन सक्ने हुँदा मलाई मतदाताले रुचाउने देखेको छु,’ उनले भने ।

Advertisement

तपाईको प्रतिक्रिया