पोखरा उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चुन्न आज मतदान, मतगणना भाेलि

समाधान संवाददाता, पोखरा
पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुँदैछ । मतदान नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ ।
३१ सय ५४ जना मतदाता रहेको निर्वाचन समिति संयोजक तीर्थ श्रेष्ठले जानकारी दिए । मतगणना भने आइतबार बिहान ८ बजेदेखि हुनेछ ।
चुनावी मैदानमा को–को ?
पोखरा उद्योग वाणिज्य संघ नेतृत्वका लागि अध्यक्षमा नारायण कोइराला र विन्दु कोइराला सुवेदी प्यानलसहित मैदानमा छन् । नारायण संघमाअहिले वरिष्ठ उपाध्यक्ष र विन्दु उद्योगतर्फकी उपाध्यक्ष हुन् ।
उद्योगतर्फ उपाध्यक्षमा गोकर्ण कार्की र चिनु गुरुङ, वाणिज्यतर्फ उपाध्यक्षमा अर्जुन पोखरेल र सोवित पौडेलको उम्मेद्वारी परेको छ । महासचिवमा धनीराम बराल र सुरेन्द्रमान बिजुक्छे, उपमहासचिवमा केशव खत्री र धर्मराज बर्तौलाले उम्मेदवारी दिएका छन् । कोषाध्यक्षमा तारानाथ ढुंगाना र बलराम आचार्यले उम्मेदवारी दिएका छन् ।
कार्यसमिति सदस्यमा उत्तममान बुद्धाचार्य, उत्तमसेवक कार्की, ऋषिराम भण्डारी, कीर्तिबल्लभ त्रिपाठी, कुमारीमुना बास्तोला, दिनेशचन्द्र सापकोटा, देवेन्द्र केसी, भरत केसी, पवित्रादेवी गुरुङ, रामप्रसाद गौतम, रामेश्वर अधिकारी, विनोद केसी, शोभा गौतम, सुदनबहादुर कोइराला, सुदीप प्रधानांग र हरिराज पन्त उम्मेदवार छन् ।
वस्तुगत संघ सदस्यको तर्फबाट कार्यसमिति सदस्यमा उदयबहादुर केसी, उमापति ढकाल, कृष्णप्रसाद तिवारी, बलराम तिमिल्सिना, बालाकृष्ण कोइराला, राजन गोंगजु, रामबहादुर केसी र रुपनारायण भुजेलको उम्मेदवारी परेको छ ।
४ उम्मेदवार निर्विरोध भएका छन् । वरिष्ठ उपाध्यक्ष र ३ सदस्य निर्विरोध चुनिएका हुन् । पवनकुमार प्रजापति वरिष्ठ उपाध्यक्षमा निर्विरोध भएका छन् । प्रजापति नारायण कोइरालाको प्यानलका उम्मेदवार हुन् ।
हर्कबहादुर अधिकारी र हरिहर सापकोटा कर्पोरेट सदस्यमा निर्विरोध भए । औद्योगिकतर्फको सदस्यमा हीरामणि पण्डित पनि सर्वसम्मत भएका हुन् ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया