संक्रामक तथा सरुवा रोग अस्पताल अनुमोदन

समाधान संवाददाता २०७७ पुष २६ गते १०:२८

समाधान संवाददाता, लेखनाथ

लेखनाथ सामुदायिक लायन्स अस्पताल विधिवत रुपमा गण्डकी प्रदेश सरकार अन्तर्गतको संक्रमण तथा सरुवा रोग अस्पताल बनेको छ ।

शनिबार भएको अस्पतालको १७ औं वार्षिक साधारण सभाले विधिवत रुपमा संक्रमण तथा सरुवा रोग अस्पतालमा परिणत गर्ने निर्णय गरेको हो ।

Advertisement

२०६० सालमा महायज्ञ लगाई जुटाइएको आर्थिक सहयोगबाट अस्पताल भवन तयार गरिएको हो ।

२०६१ सालमा अस्पताल भवन तयार भएपछि लायन्स क्लब अफ इन्टरनेसनलको ७५ हजार डलर आर्थिक सहयोगमा आवश्यक उपकरणको व्यवस्था गरिएको थियो ।

Advertisement

१५ शड्ढयाबाट सुरु गरिएको अस्पतालको क्षमता अहिले ५० शड्ढया छ । कोरोना महामारीसँगै अस्पताललाई प्रदेश सरकारले कोरोना डेडिकेटेड अस्पताल बनाउने निर्णय गरेको थियो ।

जिल्ला समन्वय समिति कास्की संयोजक वैनबहादुर अधिकारी क्षेत्रीले अस्पतालले प्रदान गर्ने सेवालाई प्रभावकारी तरिकाले अगाडि बढाउनका लागि सबैको साथ सहयोग आवश्यक पर्ने बताए ।

संक्रमण तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक विकास गौचनले यस क्षेत्रका जनताको आधारभूत स्वास्थ्य सुविधा पु¥याउनका लागि सरकारी निकाय र स्थानीयको सहकार्यमा अगाडि बढ्ने प्रतिद्धता गरे ।

सभाले अध्यक्ष रमानाथ पौडेलले प्रगति विवरण, सचिव कृष्ण तिवारीले सचिवको प्रतिवेदन र कोषाध्यक्ष चिरञ्जीवी तिवारीले कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ ।

कार्यक्रममा पोखरा ३० का वडाध्यक्ष श्रीराम पोखरेल, वडा नं २९ का वडाध्यक्ष चेतवहादुर गुरुङ, सामुदायक सेवा केन्द्र लेखनाथ अध्यक्ष त्रिलोचन लामिछाने, अस्पतालका सचिव कृष्ण तिवारी, उपाध्यक्ष दुर्गा अधिकारी लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया